• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ११ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

आठ महिनामा १७ हजारलाई आयुर्वेद सेवा

  •  शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित

दमौली (तनहुँ) । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२ लाई सेवा दिएको छ ।

कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा १९ हजार दुई सय १७ जनालाई सेवा प्रदान गरेको थियो । चालु आर्थिक वर्षको असारसम्म गत आर्थिक वर्षकोभन्दा धेरैलाई सेवा दिने लक्ष्य रहेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा केन्द्रबाट १३ हजार चार सय ९९ ले सेवा लिएका थिए । प्रत्येक वर्ष आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको तथ्याङ्कले पुष्टि गरेको चापागाईंको भनाइ छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा १० हजार तीन सय ८३ पुरुष र सात हजार एक सय ८९ महिलाले सेवा लिएका छन् । यस अवधिमा बहिरङ्ग सेवा लिने पुरुषको सङ्ख्या तीन हजार तीन सय १७ र महिलाको सङ्ख्या दुई हजार आठ सय ७३ छ । ज्येष्ठ नागरिक सेवातर्फ पाँच सय २५ पुरुष र तीन सय ५८ महिलाले सेवा लिएका छन् ।

योग सेवातर्फ चार हजार छ सय ४९ पुरुष र दुई हजार दुई सय ५८ महिला, पूर्वकर्म पञ्चकर्मतर्फ एक हजार छ सय ५१ पुरुष र एक हजार चार सय छ महिला, स्तनपायी आमा तथा शिशुतर्फ एक सय ३८ महिला, क्षारसुत्रतर्फ एक पुरुष र चार महिला, प्रयोगशालातर्फ दुई सय ४० पुरुष र एक सय ५२ महिलाले सेवा लिएको कार्यालयको तथ्याङ्क छ ।

चापागाईंका अनुसार साउन महिनामा दुई हजार छ सय ८१, भदौ महिनामा दुई हजार तीन सय ८०, असोज महिनामा एक हजार नौ सय ४०, कात्तिक महिनामा एक हजार पाँच सय ५४, मङ्सिर महिनामा दुई हजार छ सय ७६, पुस महिनामा दुई हजार एक सय २९, माघ महिनामा दुई हजार एक सय ९८ र फागुन महिनामा दुई हजार १४ जनाले सेवा लिएका छन् ।

जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र छन् । बन्दीपुर गाउँपालिका–१ मा डुम्रे नागरिक आरोग्य सेवा केन्द्र, घिरिङ गाउँपालिका–५ मा घिरिङ नागरिक आरोग्य सेवा केन्द्र, देवघाट गाउँपालिका–५ मा देवघाट नागरिक आरोग्य सेवा केन्द्र र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।

जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था नपुगेको चापागाईंले जानकारी दिनुभयो ।

केन्द्रले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यस्तै जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवद्र्धन गरिरहेको चापागाईंको भनाइ छ ।

कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक आयुर्वेद सहायक (कविराज), दुई वैद्य, एक लेखापाल, दुई कार्यालय सहयोगी र एक ल्याव टेक्निसियन कर्मचारी कार्यरत छन् ।

केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षित गरी थेरापी मेसिनसमेत सञ्चालनमा छ । गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि यस्ता समस्या भएका बिरामी आउने गरेको चापागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “हाडजोर्नी, नसा च्यापिएका बिरामीको आकर्षण आयुर्वेदमा बढ्दै छ ।”

कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुला, फिसरजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ । कार्यालयले रोगअनुसारको दैनिक योग पनि सञ्चालन गर्दै आएको छ । आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि भएको छ । रासस

शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.