• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

म्याग्दीमा उन्मूलन भयो औलो

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

म्याग्दी । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ ।

पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । “मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिँदै आएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने आधार बनेको छ ।”

सचेतनामूलक कार्यक्रम, समुदायस्तरमा सावधानी, उपचारमा पहुँच वृद्धि, स्वास्थ्यचौकी तहमा परीक्षण गरी औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मूलन हुन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा २६, २०७८÷७९ मा १३ र २०७७÷७८ मा १२ जना औलोका बिरामी भेटिएका थिए । उनीहरु सबै आयातित औलोका बिरामी हुन् । विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ ।

तापक्रम वृद्धिको असर, विदेशी मुलुकमा हुने आवतजावत, पर्यटक, जोखिमयुक्त ठाउँमा यातायात सम्बन्ध आदिका कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र सापकोटाले बताउनुभयो ।

“औलोको जोखिम रहेको भारतका धेरै नागरिक तीर्थयात्रीका रुपमा म्याग्दी र मुस्ताङ आउने भएको हुँदा उनीहरुसँगै आयातित औलो भित्र्ने जोखिम छ”, उहाँले भन्नुभयो, “शङ्कास्पद बिरामीको परीक्षण र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक छ ।”

ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सीफोरम परजीवीका कारण हुने औलोमा इन्सेफ्लाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।

औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन् । रासस

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.