• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

जैमिनीमा ‘स्वस्थ नागरिक’ अभियान

  •  शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

बलेवा (बागलुङ) । कुनै समय ‘रिफर सेन्टर’का रूपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैँ स्वास्थ्यकर्मीको भरमा चल्थ्यो ।

डा सुलभ शर्मा र कृष्ण सुवेदीसहितको टोलीले सेवा दिन थालेपछि भने नगर अस्पतालको रूपमा विकास भइरहेको स्वास्थ्य केन्द्र बिरामीको आडभरोसा बनेको छ । अहिले स्वास्थ्य केन्द्रमा आधारभूत तहको सबै स्वास्थ्य सेवा उपलब्ध छन् । उपकरण र प्रविधिले साथ दिँदासम्म चिकित्सकले बिरामी बाहिर पठाउँदैनन् ।

स्वास्थ्य केन्द्रलाई चुस्त व्यवस्थापन र बिरामीमैत्री बनाउन जैमिनी प्रयासरत छ । आधुनिक उपचार पद्धतिअनुसारको सेवाप्रवाहमा तत्कालै पुग्न नसके पनि उपलब्ध जनशक्ति र प्रविधिको भरपुर प्रयोग गरेर सेवालाई चुस्त बनाउने काम भइरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । करारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको नियुक्तिदेखि उपकरण, औषधि, तालिम र सचेतनामा नगरले लगानी बढाइरहेको छ ।

स्वास्थ्य केन्द्रमात्रै होइन प्राथमिक स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकमार्फत जैमिनीले नागरिकको स्वास्थ्योपचार गर्ने र रोग नै लाग्न नदिन अनेकौँ प्रयत्न गरिरहेको छ । नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्योपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्न कार्यविधि बनाएको छ ।

कोषमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नगरको योजना छ । कोषबाट सबै नागरिकले आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण बनाइने नगरप्रमुख नरबहादुर पुनले बताउनुहुन्छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म बिस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निःशुल्क शल्यक्रियाको व्यवस्था, किशोरकिशोरीलाई स्वास्थ्य संस्था र विद्यालयसँगको समन्वयमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

नागरिकको स्वास्थ्यकर्मीबाट समुदायस्तरमा तथ्याङ्क सङ्कलन गरी बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि ‘घरघरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रविधिमैत्री उपचार सेवा कार्यक्रममार्फत नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि ‘गर्भवतीको साथी पोषण’ कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकी करिडोरमा सडक सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न जग्गा प्राप्ति भइसकेको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन जैमिनीले विपन्नको निःशुल्क स्वास्थ्य बीमा, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निःशुल्क शल्यक्रिया, किशोरकिशोरीका विद्यालय नर्स कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

खोप सेवाको गुणस्तरीयता कायम राख्दै सुक्ष्म योजनासहित पूर्णखोप दिगोपनालाई सुनिश्चित गरिने नीतिलाई नगरले कार्यान्वयन गर्दैछ । नगरमा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन भएको छ । गर्भवती आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि गर्भवतीको साथी पोषणलगायतका कार्यक्रमद्वारा पोषणयुक्त नगर बनाउन स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बताउनुहुन्छ ।

गर्भवती भएदेखि १५ महिनासम्म स्वास्थ्यकर्मीको हेरचाहमा पूर्ण पोषण सेवा उपलव्ध गराएको छ । सबै स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मीको पदपूर्ति र नेपाने सहरी स्वास्थ्य केन्द्रलाई आधारभूत स्वास्थ्य केन्द्रमा स्तरोन्नतिको काम सुरु भएको छ । “स्वस्थ नागरिकले मात्रै समृद्ध नगरका लागि योगदान गर्न सक्छन्, हामी स्वस्थ्य नागरिक उत्पादन गर्ने अभियानमा छौँ”, उपप्रमुख शर्मा भन्नुहुन्छ, “यो कार्यकालमा स्वास्थ्य क्षेत्र बलियो बनाउनेगरी काम भइरहेको छ ।”

नगर अस्पतालको पूर्वाधार विकास, प्रभावकारी सेवा वृद्वि र प्रविधिमैत्री बनाउने अभियान जैमिनीमा चलिरहेको छ । सुत्केरी, आकस्मिक बिरामी र जटिल दुर्घटनाबाट जोखिममा परेका नागरिकको उद्धार गर्न सबै वडामा पहुँच पुग्नेगरी एम्बुलेन्सको व्यवस्थापन नगरले सुरु गरेको छ । वडामा हेली उद्धारका लागि हेलिप्याड निर्माण भएका छन् ।

“देख्दा सामान्य लाग्ने तर जनताका लागि अत्यावश्यक र जीवनसँग जोडिएका स्वास्थ्य पूर्वाधार निर्माणमा हामी चुक्नु हुँदैन”, उहाँ भन्नुहुन्छ, “जनताको जीवनरक्षा जैमिनीको प्राथमिकता हो ।” गर्भको जटिलता पहिचान गरी आवश्यकता अनुसार प्रेषण गर्न घुम्ती सेवामार्फत गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे सेवा’लाई निरन्तरता दिएको छ ।

सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधि तथा औषधिजन्य सामग्रीको वर्षभरि नै नियमित आपूर्ति गरेको नगरले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र पहुँच बढाउँदै लगेको छ । स्वास्थ्य बीमाबाट प्राप्त हुने औषधिलाई मेडिकल अधिकृतको उपस्थितिमा घुम्ती सेवामार्फत वितरण गर्ने व्यवस्था गरिएको छ ।

जैमिनीले विपन्न नागरिकलाई मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियालगायत आठ प्रकारका रोगको उपचार गर्न रु एक लाखसम्मको सहुलियतसहितको विपन्न नागरिक उपचार गराउने सिफारिस तथा मिर्गौलाको प्रत्यारोपण, डायलायसिस, क्यान्सर, स्पाइनल इन्जुरीका बिरामीले प्रतिमहिना पाउने रु पाँच हजार उपचार खर्च प्राप्त गर्न सहज व्यवस्था गरेको आचार्य बताउनुहुन्छ ।

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेको नगरले एकैपटक कयौँ रोगका बिरामीको उपचार गराएको छ । नगरले सञ्चालन गरेको शिविरबाट पहिचान भएका बिरामीले ठूला अस्पताल पुगेर स्वास्थ्य सेवा लिएका छन् । नगरपालिकाले आफ्ना नागरिकलाई मधुमेह र उच्च रक्तचाप भएमा निःशुल्क औषधिको अतिरिक्त थप दुई प्रकारका औषधिको व्यवस्था मिलाएको छ ।

स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम बस्ती तथा जोखिमयुक्त स्थानमा क्षयरोग र कुष्ठरोगका बिरामीको खोजपड्ताल कार्यक्रम सञ्चालनको तयारीमा समेत जैमिनी जुटेको छ । रासस

शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.