• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

यौनिक अल्पसङ्ख्यकलाई एचआइभी सङ्क्रमण जोखिम उच्च

  •  शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

नवलपुर (नवलपरासी) । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । आज यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा सरोकारवालाहरुले यौनिक अल्पङ्ख्यकहरु यौन व्यवसायमा संलग्न हुनुपर्ने बाध्यताका कारण एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेको बताएका हुन् ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अल्पसङ्ख्यकलाई रोजगारीमा समस्या हुने गरेको बताउनुभयो । “यो समुदायका मानिसलाई सरकारी तथा निजी क्षेत्रमा काम गर्ने अवसर दिइँदैन, बाध्य भएर उनीहरु यौन व्यवसायमा संलग्न हुने गरेका छन्,” उहाँले भन्नुभयो, “अन्तरलिङ्गीहरुमा एचआइभी सङ्क्रमणको दर छ दशमलव तीन प्रतिशत छभने समग्र यौनिक अल्पसङ्ख्यक समुदायमा एचआइभी सङ्क्रमण दर ११ दशमलव पाँच प्रतिशत रहेको छ ।” नागरिकतामा अन्य समुदायको भनेर पहिचान खुलाइने कारण पनि यो समुदायलाई रोजगारीको अवसर प्रदान नगरिएको श्रेष्ठको भनाइ छ ।

संविधानले आफूहरुको अधिकार स्थापित गरेको भए पनि व्यवहारमा त्यो लागू हुन नसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु समस्यामा परेका उहाँले बताउनुभयो । बाल्यावस्थाबाटै आफूहरुले समाजमा अन्य व्यक्तिहरुको तुलनामा बढी सङ्घर्ष गर्नुपर्ने बताउनुहुँदै श्रेष्ठले भन्नुभयो, “सुरुमा पढ्न समस्या, पढे पनि बीचमै पढाइ छोड्नुपर्ने बाध्यता, अध्ययन पूरा गरेपछि अन्तरलिङ्गी भएकै कारण रोजगार नपाउने अवस्था छ ।”

समुदायले गर्ने व्यवहार, सार्वजनिक स्थानमा हुने दुव्र्यवहार तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री शौचालय नहुँदा आफूहरुमा मानसिक तनाब बढ्ने उहाँको भनाइ छ ।

कार्यक्रममा ब्ल्यू डाइमन्ड सोसाइटी नेपालकी कार्यकारी निर्देशक मनिषा ढकालले राष्ट्रिय जनगणना २०७८ ले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको सङ्ख्या दुई हजार नौ सय २८ मात्रै देखाए पनि यथार्थमा यो सङ्ख्या निकै ठूलो रहेको बताउनुभयो । “गणकहरुले जनगणना गर्दा हामीलाई नसोधी हाम्रो लिङ्ग लेखिदिने गरेका छन्,” उहाँले भन्नुभयो, “कतिपय व्यक्ति परिवार र समाजको डर तथा लाजका कारण खुल्न नसक्दा यथार्थ तथ्याङ्क आउन सकेको छैन ।” आफ्नो समुदायको मानिसको यथार्थ तथ्याङ्क निकाल्नका लागि आफूले सरकारलाई नमूना सर्वेक्षण गर्न आग्रह गरेको उल्लेख गर्नुहुँदै ढकालले केही समयमा नमूना सर्वेक्षण हुने बताउनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु घरपरिवारबाटै हिंसाको सिकार हुनुपरेको उहाँको गुनासो छ । “सन् २०२३ मा युएन वुमनले नेपालका सातै प्रदेशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका एक हजार एक सय ८१ जनामा गरेको अध्ययनमा ८१ प्रतिशतले यौनिकताका आधारमा हिंसामा परेको जनाएका थिए,” उहाँले भन्नुभयो, “त्यस अध्ययनबाट ७१ प्रतिशतले भावनात्मक हिंसा, ४९ प्रतिशतले यौनजन्य हिंसा, ४९ प्रतिशतले शारीरिक हिंसा एवम् ४० प्रतिशतले आर्थिक हिंसा भोगेको जनाइएको छ ।” हिंसाका पीडकहरुमा परिवार, आत्मीय व्यक्ति, प्रहरी, स्वास्थ्य सेवा प्रदायक, समुदाय, विद्यालय तथा कार्यालय रहने गरेका ढकालको भनाइ छ ।

लिङ्गका आधारमा पुरुष भएर जन्मिएका व्यक्तिको शारीरिक बनावट महिला वा महिला भएर जन्मिएका व्यक्तिको शारीरिक बनावट पुरुष हुँदा उनीहरुले नागरिकता लिँदा समस्या भोग्नुपर्ने उहाँको भनाइ छ । “जन्मदर्तामा भन्दा नागरिकतामा फरक लिङ्ग लेख्नुपर्दा अस्पतालमा गएर चिकित्सकको अगाडि नाङ्गिनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “शरीर परीक्षण गराएर वीर अस्पतालले सिफारिस दिएपछि पनि नागरिकतामा पहिचान स्थापित गराउन दुई वर्ष समय लाग्छ, फेरि हामीले चाहेको नाम नागरिकतामा राख्न पाइँदैन ।” उहाँले अगाडि थप्नुभयो, “हाम्रो नाम जन्मदर्तामा राम छ भने रमा बनाइदिन्छन्, शुभेच्छा भनेर राख्न दिँदैनन् ।”

ब्ल्यू डाइमन्ड सोसाइटी नेपालका कार्यक्रम संयोजक देव श्रेष्ठले आफूहरुले समुदायमा जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । हिंसामा परेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई संरक्षण गर्न ‘सम्मान गृह’ स्थापना गरेर उनीहरुलाई निःशुल्क आवास, गाँस तथा औषधिउपचारको व्यवस्था गरेको श्रेष्ठले बताउनुभयो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई एचआइभी तथा एड्सबाट जोगाउनका लागि विभिन्न कार्यक्रम, औषधिसँगै उनीहरुलाई कण्डम र लुब्रिकेन्ट वितरण गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । रासस

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.