• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’

  •  आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

हेटौँडा । ज्येष्ठ नागरिकलाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सिर्जना गर्नु समाजका प्रत्येक नागरिकको दायित्व हो । ज्येष्ठ नागरिक विविध कारणले आफ्ना सन्तानसँग बस्न नसक्ने÷नपाउने अवस्था कहीँकसैले सिर्जना गर्नु हुँदैन । यदि त्यस्तो अवस्था आए समाज तथा राज्यले पारिवारिक वातावरणको महसुस गर्नेगरी टोलटोलमा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

घरपरिवारमा होस् वा वृद्ध आश्रमहरुमा होस्, ज्येष्ठ नागरिकका लागि स्वस्थ जीवनयापन गर्न स्वस्थकर खाना, शान्त र रमणीय वातावरणसहितको व्यवस्था बनाउनु आवश्यक हुन्छ ।

बागमती प्रदेश सांसद भारती पाठक स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक पर्ने बताउनुहुन्छ । केही दिनअघि हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित आमाहरुसँगको भेटमा आश्रममा आश्रित आमाबुवालाई स्वस्थकर जीवनयापनका स्वस्थ वातावरण प्रदान गर्न विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

सांसद पाठकले सकेसम्म आमाबुवालाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सबैले बताउनुपर्ने बताउनुहुन्छ । वातावरण नबनेको अवस्थामा राज्यले दायित्व बहन गर्नुपर्ने बताउनुभयो । उहाँ आमाबुवालाई आफ्ना सन्तानसँग बस्दा मिल्ने खुसी प्रदान गर्नुपर्ने भन्दै सन्तानसँग बस्न नसक्ने÷नपाउनेका लागि स्थानीय निकायले बुढेसकालको सहारा बन्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।

आश्रममा २४ जना आश्रित रहनुभएको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ बताउनुहुन्छ । आश्रममा दानबाट आएको खाद्यान्न प्रशस्त हुने गरेको भन्दै लत्ताकपडाका लागि आश्रमको सञ्चित कोषबाट खर्च गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

आश्रममा आश्रित सबै ज्येष्ठ नागरिकका लागि स्वस्थ खाना, रमणीय र सहयोगी वतावरण बनाइएको श्रेष्ष्ठको भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आश्रममा एक जना नर्सको दरबन्दी दिएकाले स्वास्थ्य उपचारको लागि सहज भएको उहाँ बताउनुहुन्छ । आश्रममा तीन जना आमाबुवाले आफैँ पकाएर खाने गरेको बताउँदै उहाँहरुलाई पारिवारिक वातावरण प्रदान गर्न स्थानीयले सहयोग गरिरहेका छन् ।

“मेरो साथमा दुई लाख थियो । त्यसले सुगर र प्रेसरको उपचार गर्न भनेर छोराछोरीले लगे । सरकारले दिने भत्ता पनि मैले उनीहरुलाई बुझाउन पदथ्यो । भत्ता लिँदा बिस्कुट खान मन लाग्थ्यो, तर बिस्कुट सम्झँदा पनि मुखमा पानी निकालेर पिउन बाध्य थिएँ । जीवनमा भोकभोकै चक्कर लाग्दा पनि काम गर्नुपर्ने अवस्था आयो ।” यो भनाइ हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित ६८ वर्षीया चुनकुमारी बस्नेतको हो ।

बस्नेतको सानै उमेरमा विवाह भयो । घरको नजिकै माइती । व्यापारी श्रीमान्सँग उहाँको जीवन खुसीसाथ चलिरहेको थियो । श्रीमान्को मृत्युपछि परनिर्भर जीवन बिताउन बाध्य भएको उहाँले बताउनुभयो । सन्तान नजन्मिएपछि दिदीबहिनीका छोराछोरीलाई आफ्नै सन्तान जसरी नै माया गरेर आफ्नो सबै कुरा सुम्पिएको उहाँको भनाइ छ ।

तत्कालीन समयमा श्रीमान्को कमाइ प्रशस्तै हुने गरेको बस्नेतले सुनाउनुभयो । खसीबोकाको व्यापार रहेकाले आफ्नो काम बजार लैजान र ल्याइएका खसीबोकालाई घाँस खुवाउने मात्र रहेको उहाँले स्मरण गर्नुभयो । आम्दानी राम्रो भएकाले पनि आफूलाई थप काम गर्नुपर्ने अवस्था नआएको उहाँको भनाइ छ ।

आम्दानीको केही रकम उहाँ आफ्ना दिदीबहिनीका सन्तानको लागि खर्च गर्ने गर्नुहुन्थ्यो । पहिला ती छोराछोरीले पनि ‘हामी छौँ’ भन्ने गरेका बस्नेतले बताउनुभयो । उहाँलाई बज्रपात त तेतिबेला भयो जतिबेला ती छोराछोरीले खाना नदिएर काम लगाउन थाले । उहाँलाई कामको भन्दा पनि वचनले धेरै घोच्न थाल्यो ।

दिदीबहिनीका १२ सन्तानलाई बस्नेतले आफ्नो सन्तान सरह मायाममता दिनुभयो । त्यसको बदला कहिल्यै केही आशा राख्नुभएन् । श्रीमान्को देहान्तपछि साहराविहीन हुनुभएकी बस्नेतले आफूसँग भएको सम्पत्ति पनि ती सन्तानलाई दिएमा आफ्नो लालनपालन हुने सोंच्नुभएको थियो । उहाँको छोरापर्ने हाल हेटौँडा–९ निवासी आफ्न्तले पालनपोषण गर्ने आश्वासन दिएर घर जग्गा आफ्नो नाममा राजिनामा पास गर्न लगाएपछि बस्नेतले सहजै गरिदिनुभयो । घर दिएको केही समयपछि छोराले बोलचाल नै बन्द गरिदिएको उहाँले सुनाउनुभयो । त्यसपछि आफूसँग भएको नगदसहित उहाँ बहिनीको छोरीको घरमा आश्रय लिन पुग्नुभयो ।

आफू सक्षम रहँदा अत्यधिक माया गर्ने छोरीले सम्पत्ति सहिँदै जान र वृद्ध हुन थालेपछि व्यवहारमा परिवर्तन गर्न थालेको बस्नेतले सम्झनुभयो । गहभरि आँसुधारा बगाउँदै उहाँले भन्नुभयो, “केही दिनपछि छोरीले काम नगरे खान नदिने भनिन् । मेरो खुट्टा नचल्ने भएको थियो, त्यस्तो अवस्थामा पनि ममाथि उनलाई दया लागेन र भाँडा माझ्न, बढार्न सकिन्छ भन्दै झर्कीफर्की गर्न लागिन् ।”

बस्नेतले लामो सास फेर्दै थप्नुभयो, “मेरो घरको सरसमानसहितको नगद उसैलाई बुझाएकी थिएँ । निस्केर कहाँ जानु, रुँदैरुँदै काम गर्न थालेँ । आफूसँग रु दुई लाख थियो, उपचार गर्न भनेर लगिन् । वृद्धभत्ता पनि उनैलाई बुझाउने गरेकी थिएँ ।” हरेक महिना भत्ता लिँदा बिस्कुट खान पाउने आश लागे पनि रु एक पनि आफ्नो हातमा नपर्ने उहाँले सुनाउनुभयो ।

त्यसपछि सहन नसकेर आफ्नो घर भएको स्थानमा फर्किएपछि खानाका लागि मेलापात जाने र घाँस काट्ने काम सुरु गरेको बस्नेतले बताउनुभयो । स्वास्थ्यले साथ दिन छोडेपछि वडा कार्यालय गएर ‘मलाई जे गर्नु छ गर’ भनेर रुदाँ वडाले आश्रमसम्म पठाएको उहाँले जानकारी दिनुभयो ।

बस्नेतले ४२ वर्षको उमेर श्रीमान् गुमाएपछिको कहालिलाग्दो जीवन कुनैपनि छोरीले भौन्न नपरोस् भन्दै रुनुुहुन्छ । आफ्नो खुट्टामा नउभिएकाले नै श्रीमान् रहँदा राम्रो रहेको जीवनशैली श्रीमान्को मृत्युपछि बेवारिसे बन्न पुगेको उहाँले बताउनुभयो । उहाँलाई अहिले जीवनमा आफ्ना आफन्त र सम्पत्तिभन्दा पनि सीप र एक्लै बाँच्न सक्ने हिम्मत हुनु ठुलो कुरा लाग्ने गरेको बताउनुभयो । हरेक छोरीलाई गृहिणी होइन आफ्नो जिवन धान्न सक्ने सीप सिक्न उहाँ आश्रममा जाने महिलालाई अनुरोध गर्नुहुन्छ ।

युवा अवस्थामा भारतमा कमाएको रकम चोरी भएर सुरक्षित जीवन जीउने आशमा आश्रम आइपुग्नुभएका स्याङ्जाका खिना गिरीको अनुसाशित जीवनशैलीले गर्दा ९० वर्षमा पनि फुर्तिलो र निरोगी बनाएको छ । उहाँ पनि हेटौँडा–२ स्थित ॐ वृद्धाश्रममा बसेपनि छुट्टै पकाएर खानुहुन्छ त्यो पनि आफ्नै पौरखले ।

स्याङ्जाको वालिङ घर भएका गिरीले जग्गाजमिन कम भएको र खान नपुग्ने भएकाले धन कमाउन भारत गएको बताउनुभयो । भारतमा सडक बनाउने कामको ठेक्का गर्न थाल्नुभयो । राम्रो कमाई भएकाले त्यहीको एक युवतीसँग विावह गरी उत्तै बसेको उहाँले बताउनुभयो ।

विवाहको केही वर्षपछि श्रीमतीले छोडेर गएको गिरीले सुनाउनुभयो । त्यसपछि कमाउने, खाने र केही रकम बुढेसकाललाई जोगाउने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँ ६५ वर्षको उमेर पछि भने उहाँ धाम घुम्ने र सादा जीवनशैलीमा रमाउने गर्न थाल्नुभयो ।

कहिले बृन्दावन र कहिले मथुरा धाम बस्ने क्रममा आफूसँग भएको रकम चोरी हुँदै गएपछि विरगञ्ज आएको गिरीले बताउनुभयो । त्यस समयमा त्यहाँ एक जना प्रहरीले बरु हेटौँडामा गएर आश्रममा बस्नु भनेर सुझाउदा आफु हेटौंडा आइपुगेको उहाँले बताउनुभयो । उहाँ आश्रमको खोजीमा हेटौँडा आइपुग्दा ॐ वृद्धाश्रम निर्माणाधीन रहेकाले तत्कालीन समयमा आफूसँग भएको रु पाँच लाख १८ हजार दिएर एउटा कोठामा बस्न थालेको गिरीले जानकारी दिनुभयो ।

पछि आश्रममा बसे पनि खानपानको व्यवस्था आफ्ना लागि आफैँले गरिरहेको उहाँको भनाइ छ । बिहान ३ बजे उठ्ने र बोट बिरुवामा पानी हाल्ने काम सकेर चोकतिर चियाका लागि निस्कने उहाँको दैनिकी नै हो ।

हेटौँडामा धेरै पण्डितसँग चिनजान भएकाले पूजापाठ र कर्महरुमा जाने अवसरसमेत मिल्ने गरेको गिरीले बताउनुभयो । पूजापाठ गरेर आएको अन्न र दक्षिणाले खानपानको व्यवस्थापन भइरहेको उहाँको भनाइ छ । बेलुका घाम रहँदैमा खाना खाने र सात बजे रेडियोको समाचार सकिएसँगै सुत्ने गिरीले अनुशासित जीवनयापन र स्वस्थ खानपानले शरीरमा रोग नलाग्ने अनुभव सुनाउनुभयो । ॐ वृद्धाश्रममा अहिले ४० देखी एक सय १० वर्षसम्मका नौ जना आमा र १४ जना बुवा आश्रित हुनुहुन्छ । रासस

आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.