• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

  •  शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

भेरीगङ्गा (सुर्खेत) । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसैबीच, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यसबारे आधिकारीक निर्णय भने भइनसकेको उहाँको भनाइ छ ।

“गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ”, लम्सालले भन्नुभयो, “यदी वर्षा भई तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यही अवस्था कायम रहे आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौँ ।”

खोप कार्यक्रम प्रभावित

यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप अभियान सुरु भइरहेको छ । विद्यालयसँगको समन्वयमा खोप कार्यक्रम सञ्चालन गर्ने तालिका तय गरिए पनि विद्यालय बन्द हुने भएपछि खोप अभियान प्रभावित हुन पुगेको हो ।

सुर्खेतका पालिकामा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको छ । वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी नगरपालिका सिम्ता, बराहाताल र चौकुने गाउँपालिकामा यही २२ गतेदेखि २५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तालिका छ ।

विद्यालयसँगको समन्वयमा अभियान सञ्चालन भइरहेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालय बन्द भए तालिका परिवर्तन गर्ने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका खोप ‘फोकल प्रसन’ घनबहादुर बुढाले बताउनुभयो ।

“अभियानको पहिलो चरण सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालयसँगको समन्वयमा अभियान सञ्चालन गर्ने भनिएको छ । वीरेन्द्रनगरका विद्यालय बन्द भए हाम्रो तालिकामा पनि प्रभाव पर्ने भएकाले तालिका परिवर्तन गर्नुपर्ने हुन्छ ।” रासस

शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.