चितवन । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारीमा पुनः डा कृष्ण प्रसाद पौडेलले पाउनु भएकोे छ। भरतपुर अस्पतालका प्रमुख डा श्रीराम तिवारीलाई हटाएर पौडेललाई नियुत्त गरिएको हो । यो सगैं पौडेल तेस्रो पटक भरतपुर अस्पतालको निमित्त मेसु नियुक्त हुनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र विभिन्न अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेसंँगै पौडेलले मेसुमा जिम्मेबारी पाउनु भएको हो ।
मन्त्रालयले आयुर्वेद विभागको निर्देशकमा डा प्रदीप केसीलाई सरुवा गरेको छ। यसअघिका निर्देशकको लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो। यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा यदुचन्द्र घिमिरेको सरुवा भएको छ।
