• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ

  •  शनिबार, असार ०२, २०८१ मा प्रकाशित

चितवन । स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति हुनु र सरकारको नीतिअनुसार अस्पतालमा भर्ना भएका सबै बिरामीलाई खाना र शय्या निःशुल्क गरिएको सन्दर्भमा विनियोजित बजेट अपुग भएको राससलदाई बताउनुभयो ।

कार्यकारी निर्देशक डा पौडेलले हाल देशमा क्यान्सर विषयमा मात्र अध्ययन–अध्यापन गर्ने गराउने सुपर स्पेसियालिटी प्रतिष्ठान समेत नभएको उल्लेख गर्दै अस्पताल सञ्चालक समितिबाट प्रतिष्ठानसम्बन्धी प्रस्ताव पास भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गरिएको, राष्ट्रिय चिकित्सा आयोगबाट ‘सुपर स्पेसियालिटी’ अध्यापनका लागि अनुमति लिई तीनवटा विधामा सञ्चालन भएको र हाल क्यान्सरका विभिन्न सात विधामा ‘फेलोसिप’ कार्यक्रमअन्तर्गत १३ जनाले अध्ययन गरिरहेको जानकारी दिँदै उहाँले मन्त्रालयले सुपर स्पेसियालिटी प्रतिष्ठान घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने बताउनुभयो ।

विपन्न नागरिक आर्थिक सहायता कोषबाट क्यान्सर रोग उपचारतर्फ उपलब्ध गराइएको रकम न्यून भएको भन्दै डा पौडेलले क्यान्सरको उपचार पद्घति धेरै महँगो हुने र लामो समयसम्म उपचार गराउनुपर्ने हुँदा सहायता रकम वृद्घि गरी प्रतिबिरामी कम्तीमा रु पाँँच लाखसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । रकम वृद्घि गर्नका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको र अस्पतालको पहलमा वाग्मती प्रदेश सरकारले रु ५० हजार दिने व्यवस्था भएको, लुम्बिनी प्रदेश सरकारले रु दुई लाख दिने सम्झौता गरेको, गण्डकी प्रदेश सरकारसँग रु एक लाख सम्झौता भएको र अन्य प्रदेशहरुसँग पनि छलफलको क्रम रहेको छ ।

कार्यकारी निर्देशक डा पौडेलले स्वास्थ्य बीमा समितिबाट पाउनुपर्ने रकम भुक्तानीमा विलम्ब हुँदा सेवा सञ्चालनमा कठिनाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो । अस्पताल एक सय शय्यामा सञ्चालन हुँदा आर्थिक वर्ष २०६९÷७० मा प्राप्त बजेट २१ करोढ ४२ लाख भएको र त्यसयता चार सय ५० शय्या हुँदा स्वास्थ्य कर कोषको रकम घट्दो क्रममा आई गत आर्थिक वर्षमा रु २३ करोडमा झरेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको सञ्चालन खर्च रु ९२ करोड ९२ लाख २७ हजार पाँच सय ७९ रहेको छ, गत आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु ४८ करोड ८८ लाख ९६ हजार तीन सय ४० आम्दानी भएको थियो । रासस

शनिबार, असार ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.