• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’

  •  बुधबार, असार १३, २०८१ मा प्रकाशित

पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङकी ८१ वर्षीया वृद्धालाई आफूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या रहेको शनिबार मात्रै थाहा भयो । केहीवर्ष अगाडिदेखि नै उहाँमा उक्त समस्या रहेको कुरा चिकित्सकले पत्ता लगाएका हुन् । यसअघि आफूमा भएको समस्या पत्ता लगाउन सदरमुकामस्थित अस्पतालमा जाने सम्भावना पनि नभएकाले थाहा नभएको वृद्ध बताउनुहुन्छ ।

महिलामा पाठेघरको मुख र स्तनमा हुने क्यान्सरलाई न्यूनीकरण गर्ने प्रयास भइरहेका छन् । सहरी क्षेत्रमा बसोबास गर्नेको स्वास्थ्य सेवामा सहज पहुँच पाउने भए पनि ग्रामीण क्षेत्रका महिलाहरू यस बारेमा त्यति सचेत छैनन् । बिरामी नै परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने प्रचलनले पनि महिलामा पाठेघर र स्तन क्यान्सर गहिरिइरहेको पर्वत अस्पतालकी स्त्री रोग विशेषज्ञ डा सन्तोषी थपलिया बताउनुहुन्छ ।

यही अवस्था नआओस् भनेर स्वास्थ्य कार्यालय पर्वत र जलजला गाउँपालिकाको समन्वयमा धाइरिङमा ‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाको पाठेघर र स्तन परीक्षण गरिएको थियो ।

स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार शिविरमा जिल्ला अस्पतालकी स्त्री रोग विशेषज्ञ डा थपलिया, डा मिलान अवाले, सिनियर अनमी सरस्वती बराल, कुश्मा नगरपालिकाकी सिनियर अनमी दुर्गा सापकोटा, जलजला गाउँपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी अञ्जली वैरागीसहित पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने विशेष तालिम भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड) प्राप्त गरेका स्वास्थ्यकर्मी शान्ति शर्मा, राधा शर्मा र दिलु रिजाललगायतले परीक्षण गरेका थिए ।

परीक्षणका लागि एक सय दुई जना महिला आएकामा ८५ को ‘भिआइए’ विधिमार्फत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । यीमध्येका चार जनामा ‘भिआइए पोजेटिभ’ नतिजा आएको भन्दै क्यान्सरको सम्भावना हुनसक्ने भएकाले थप परीक्षणका लागि समन्वय गरिएको उहाँको भनाइ छ ।

छ जनामा आङ खस्ने समस्या देखिएको छ । ‘स्क्रिनिङ’ गरिएकामध्ये कसैमा पनि स्तन क्यान्सरको शङ्कास्पद अवस्था नदेखिएको शिविर व्यवस्थापक स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सुमन शर्माले बताउनुभयो । ‘भिआइए’ विधिमा पाठेघरको मुखको मांसपेशीको कुनै नमुना निकालेर एसिटिक एसिडमा एक मिनेटसम्म राखेपछि क्यान्सरको शङ्का गर्न सकिने वा नसकिने भन्ने अवस्था टुङ्गो लाग्ने भएकाले ‘स्क्रिनिङ’ शिविरमा यसैका माध्यमबाट परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

क्यान्सरको शङ्का लागेको अवस्थामा भने थप अनुसन्धान र निदानका लागि पर्वत अस्पतालले आफूभन्दा माथिल्लो स्तरको स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको शर्मको भनाइ छ ।

शिविरमा परीक्षण गर्दा चार जनामा ‘भिआइए पोजेटिभ’ देखिएपछि थप परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । आङ खस्ने समस्या देखिएका अन्य छ जना महिलालाई पनि उपचारका लागि सोही अस्पतालमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ग्रामीण क्षेत्रमा रहेका धेरै महिला थाहै नपाइ पाठेघरको मुख र स्तन क्यान्सरबाट पीडित भएको हुनसक्ने जोखिम रहेको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा यस्ता परीक्षण गर्न सक्ने दक्ष जनशक्ति र उपकरण नहुने भएकाले राज्यले ग्रामीण क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बुधबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.