• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

विद्यालयमा स्वास्थ्य शिक्षा पढाउँदै पर्वतका स्वास्थ्यकर्मी

  •  बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

पर्वत । जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र उपचार पद्धतिबारे जानकारी दिन विद्यालयमा पुगेर अध्यापन थालेका हुन् ।

विद्यार्थीमार्फत समाजमा सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना फैलाउनका लागि अनिवार्य रुपमा महिनाको एक दिन अध्यापन गराउनुपर्ने नीति लिएसँगै स्वास्थ्यकर्मी विद्यालय पुग्न थालेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम घोषणा भए पनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा स्वास्थ्य कार्यालयले मातहतका सबै स्वास्थ्यकर्मीलाई पायकपर्ने विद्यालयमा पुगेर महिनाको एक दिन अनिवार्य स्वास्थ्यबारे अध्यापन गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि नै स्वास्थ्यकर्मीले कम्तीमा पनि एक दिन विद्यालयमा पुगेर कुनै एक स्वास्थ्यसम्बन्धी विषयवस्तुमा अध्यापन गर्नुपर्ने नियम जारी गरिएको शर्माले बताउनुभयो । नागरिकको स्वास्थ्यलाई विद्यालय तहदेखि नै स्वस्थ राख्न र स्वास्थ्य शिक्षाप्रति बालबालिकाको ध्यानाकर्षण गराउन स्वास्थ्यकर्मीबाट कक्षा लिने प्रबन्ध गरिएको उहाँले बताउनुभयो ।

शिक्षकहरुले नियमित रूपमा दिँदै आएको ज्ञानलाई स्वास्थ्यकर्मीबाट प्रदान गरिँदा विद्यार्थीमा उक्त विषयमाथि थप विश्वसनियता बढ्ने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले यो अभियान ुरु गरिएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । स्वास्थ्यकर्मीले सामुदायिक वा निजी विद्यालयको प्राथमिक तह (१–३) देखि माध्यमिक तह (९–१२) वा इच्छा भएमा स्थानीय तहमा रहेका क्याम्पसमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्नेछन् ।

‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञानः एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ नाराका साथ साउनको पहिलो सातादेखि अभियान सुरु गरिएको छ । कार्यालयले कुन महिनामा विद्यार्थीलाई केकस्ता विषय वस्तुमा ज्ञान दिने भनेर तालिका तयार पारिएको जनाएको छ ।

तालिका अनुसार वैशाखमा औलो र खोप, जेठमा पोषण, महिनावारी, स्वच्छता र धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनको असर, असारमा डेङ्गु तथा लागुऔषध र यसको रोकथामको बारेमा सिकाइन्छ । साउनमा पूर्ण स्तनपान, तौल अनुगमन, विपद् र विपद् व्यवस्थापन, भदौमा आत्महत्या रोकथाम र किशोरकिशोरीको स्वास्थ्य, असोजमा रेबिज र मानसिक स्वास्थ्य, कात्तिकमा नसर्ने रोग र विषादीरहित खाद्य प्रवद्र्धनका लागि स्वास्थ्यकर्मीले कक्षा लिने भएका छन् ।

मङ्सिरमा एचआईभी/एड्स र लैङ्गिक हिंसा, पुसमा सडक दुर्घटना र सुरक्षा तथा सुरक्षित मातृत्व, माघमा आयोडिनको काम र प्रयोग, कुष्ठरोग तथा क्यान्सर, फागुनमा औषधिको समुचित प्रयोग, फोहर व्यवस्थापन तथा हात धुने विधि र चैतमा क्षयरोग, मुख स्वास्थ्य, खानेपानी लगायतका विषयमा स्वास्थ्यकर्मीले पढाउने छन् । कार्यालय प्रमुख शर्माका अनुसार जिल्लाका हरेक स्वास्थ्यचौकीमा चार÷पाँचजना स्वास्थ्यकर्मी छन् । गाउँका स्वास्थ्य संस्थामा बिरामीको चाप कम भएको बेलामा ती स्वास्थ्यकर्मीले आफ्नो पायकपर्ने विद्यालयमा पुगेर कक्षा लिँदा स्वास्थ्य क्षेत्रको मर्ममा प्रभावकारिता आउने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्यकर्मी सबैसँग प्रविधिको ज्ञान नहुन सक्ने भएकाले कक्षा सञ्चालन गर्न आवश्यकपर्ने अध्यापन सामग्री कार्यालयले उपलब्ध गराएको छ । एउटा स्थानीय तहमा रहेका सबै स्वास्थ्यकर्मीले कम्तीमा एउटा कक्षा लिँदा मात्रै पनि यो अभियान सफल हुने स्वास्थ्य कार्यालयको विश्वास छ । जिल्लाका सातवटै स्थानीय तहमा तीन सयभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । रासस

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.