• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ११ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । सन् २००५ देखि चिनियाँ चिकित्सक टोली यहाँ आउन थालेको अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतमले बताउनुहुन्छ । विगतमा प्रत्येक दुई–दुई वर्षमा १५ जना फरक–फरक विधाका चिकित्सक, एकजना भान्से र एकजना भाषा मध्यस्थताकर्ता गरी १७ जनाको टोली आउने गर्दछ । उनीहरूले “चिनियाँ परम्परागत एक्युपञ्चर, एक्युप्रेसर, फिजियोथेरापीलगायत का उपचार पद्धतिबाट पनि यहाँ सेवा दिने गरेको गौतमले बताउनुहुन्छ । क्यान्सर अस्पताल स्थापना हुँदा नेपालमा क्यान्सर रोग विशेषज्ञ नभएको अवस्थामा चिनियाँ चिकित्सक आएर यहाँका चिकित्सकलाई क्यान्सर रोगको उपचारबाट ज्ञान र सीप प्रदान गर्ने गरेको डा गौतमको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ क्यान्सर रोगको विशेषज्ञ चिकित्सक थिएनन्, अन्य चिकित्सकलाई चिनियाँ क्यान्सर रोग विशेषज्ञले सिकाउनुपर्ने अवस्था थियो ।”

अहिले दुवै देशका चिकित्सकले ज्ञान र सीप आदान प्रदान गर्ने अवस्था छ । पन्ध्रौँ टोलीमा पछिल्लो एक वर्षदेखि नाक, कान, घाँटी (इएनटी) विभागमा कार्यरत चिनियाँ डा हान साङ्जी नेपालमा ‘एड्भान्स स्टेज’मा आउने बिरामीको उपचारबारे आफूहरूले ज्ञान हासिल गरेको बताउनुहुन्छ । साङ्गजीले भन्नुभयो, “चीनमा क्यान्सरको पहिलो–दोस्रो चरणमा बिरामी अस्पताल आउँछन्, यहाँ तेस्रो–चौथो स्टेज पुगेपछि मात्रै धेरैजसो बिरामी अस्पताल आउने गरेको पाइयो ।”

उहाँले भन्नुभयो, “थोरै साधन स्रोतमा जटिल प्रकृतिको उपचार कसरी गर्ने भन्नेबारेमा यहाँबाट सिक्ने अवसर पाइयो ।” नेपालमा विभिन्न अस्पतालमा चाहार्दै क्यान्सर अस्पतालमा बिरामी आइपुग्दा ढिला हुने गरेको उहाँको अनुभव छ । उहाँका अनुसार यहाँका क्यान्सरका बिरामी गाउँका स्वास्थ्यचौकी अन्य अस्पताल हुँदै क्यान्सर अस्पतालसम्म आउन धेरै ढिलो भइसक्छ ।

पन्ध्रौँ टोलीका अर्थाेपेडिक सर्जन डा बी चुइन चाङ नेपाली चिकित्सकसँग छलफल गरेर उपचार गर्ने गरेको बताउनुहुन्छ । नेपालका अन्य अस्पतालमा आधा उपचार गरेर क्यान्सरका बिरामी पठाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “क्यान्सरका बिरामी अन्य अस्पताल पुग्छन्, त्यहाँ आधा उपचार हुन्छ, बल्ल क्यान्सर अस्पताल आउँछन् ।” नेपालका अन्य चिकित्सकलाई पनि क्यान्सर रोगबारे सिकाउनुपर्ने उहाँको सुझाव छ ।

नेपालमा अझै पनि प्रविधि र सीपको अभाव रहेको डा चुइनको अनुभव छ । नेपालमा ‘इम्प्लान्ट र थ्रिडी कम्प्युटराइज’ प्रविधि भित्र्याउन सके उपचारमा सहज हुने र उहाँले नेपालमा ‘बायो इन्जिनियरिङ’को पनि अभाव रहेको उहाँले बताउनुभयो ।

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.