• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

चौतारा अस्पतालमा बिरामीको चाप

  •  मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा विरामी चाप बढ्न थालेको छ । नवनिर्मित भवनबाट भरपर्दो स्वास्थ्य सेवा प्रवाह हुन थालेपछि विरामीको चाप बढ्न थालेको हो ।

२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले ध्वस्त बनाएको चौतारा अस्पताल नौ वर्षसम्म साँगुरो अस्थाइ टहरोबाट सञ्चान हुँदै आएको थियो । पर्याप्त जनशक्ति र प्रविधिको अभावसँगै साँगुरो कोठाबाट सञ्चालन हुँदै आएको यो अस्पतालमा भरभर्दो उपचार नभएको भन्द स्थानीयहरु सामान्य रोगको उपचारका लागि पनि धुलिखेल वा राजधानीका अस्पतालमा धाउने गर्थे । छिमेकी राष्«ट चीन सरकारको सहयोगमा अस्पताल पुनर्निमार्ण भएपछि अस्पताल पूर्णतः प्रविधियुक्त भएको छ ।

अस्पताललाई आवश्यक उपकरण, औजार र फर्निचर लगायतका समाग्री चीन सरकारले नै उपलव्ध गराएको छ । १५ शैय्याबाट स्तारोन्नति गर्दै हाल ५० शैय्यासहित अस्पताल नयाँ भवनबाट नै सञ्चालन हुँदै आएको छ । अस्पताललाई आवश्यक जनशिक्ति पनि क्रमश व्यवस्थापन हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्टेट डा. रुद्रमणि भण्डारीका अनुसार हाल अस्पतालमा १४ जना चिकित्सक कार्यरत छन् ।

अस्पतालमा नियमिति सेवा अन्तर्गत बहिरंग इमर्जेन्सि, सामाजिक सुरक्षा इकाइ, फार्मेसी लगायतका सेवाहरु २४ घण्टा सञ्चालन हुँदै आएको र थप दन्त विशेषज्ञ, हाडजोर्नी विशेषज्ञको व्यवस्थापन, सर्जरी र फिजियोथेरापी सेवा पनि सुरु गरिएका डा. भण्डारीले जानकारी दिनुभयो । अब छिट्टै डालोसिस सेवा पनि सुरु गर्दैछौं डा. भण्डारीले भन्नुभयो ।

सामान्य रोग लाग्दा पनि अन्य जिल्लाका अस्पताल धाउँदै आएका स्थानीय विरामीहरु चौतारा अस्पतालबाट नै भरपर्दो सेवा पाउन थालेपछि भने खुशी भएका छन् । अस्पतालमा उपचार गर्दे गरेका स्थानीय रामबहादुर घले अस्पतालको सेवा सुविधा सन्तोषजनक रहेको बताउनु हुन्छ । यसअघि धुलिखेल अस्पताल पुगेर उपचार गराउँदै आउनु भएको घलेले अझै दक्ष जनशक्तिसहित अस्पताल सञ्चालन गर्नुपर्ने बताउनुभयो । खासगरि फिजियोथेरापी र सुत्केरी गराउने महिलाहरु अहिले चौतारा अस्पतालमा नै उपचार गराउन आकर्षित भएका छन् । नियमित फिजियोथेरापी गर्न धुलिखेल वा काठमाण्डौं धाउँदै आएका विरामीहरुले अहिले चौतारा अस्पतालबाट नै सेवा लिन थालेका छन् । सुत्केरी महिलाहरुका लागि शल्यक्रिया सेवा सुरु भएपछि चौतारा अस्पतालमा सुत्केरी गराउने महिलाहरुको पनि चाप बढ्न थालेको अस्पतालले जनाएको छ ।

चीन सरकारको ६ करोड १० लाख आरएमबी अनुदान सहयोगमा २०७९ भदौ २४ निर्माण सुरु भएर करिव १८ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न भएको यो अस्पतालमा ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो । अस्पतालमा भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएको छ् । भुइँतलामा चार सय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ ।

त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्षको समेत व्यवस्था गरिएको छ ।

पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, सो क्लासरुम, सात शय्याको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन्।

सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ भने थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने र उनीहरूले मेसिन र अपरेटिङ सिस्टम सिकाउने अस्पतालले जनाएको छ ।

मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.