• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

अस्पताल निर्माण अन्तिम चरणमा

  •  बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

गोदावरी (कैलाली) । जिल्लाको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो ।

विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको समयसीमा सकिएपनि केही महिना म्याद थप गरी निर्माण सम्पन्न गरिने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो ।

चार वर्षअघि प्रत्येक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार यहाँ १५ शय्याको अस्पताल निर्माण थालिएको उहाँले बताउनुभयो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत रु १८ करोड ५२ लाख रहेको कलेलले जानकारी दिनुभयो ।

उहाँले निर्माणाधीन भवन हस्तान्तरण भएर गत आर्थिक वर्षको अन्तिमबाट नियमित सञ्चालन गर्ने लक्ष्य रहे पनि बजेट अभाव हुँदा ढिलाइ भएको बताउनुभयो । भवन निर्माण अन्तिम चरणमा पुगेको भन्दै उहाँले अस्पताल सञ्चालनका लागि पनि बजेट अभाव भएकाले सङ्घीय सरकारले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

भवनमा अहिले रङगरोगन, फिनिसिङको काम भइरहेको सूचना अधिकारी कलेलले बताउनुभयो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागत रु १८ करोड ५२ लाखमध्ये हालसम्म आधा रकम मात्र भुक्तानी भएको छ ।

बजेट अभावमा अस्पताल परिसरमा बन्नुपर्ने अन्य भौतिक संरचना निर्माण हुन नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापनसँगै बजेटको सुनिश्चितता भएमा चालु आर्थिक वर्षदेखि अस्पताल सञ्चालनमा ल्याउन सकिने सूचना अधिकारी कलेलको भनाइ छ ।

अस्पताल सञ्चालन भएपछि कैलारी गाउँपालिकाको दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा राहत मिल्ने अपेक्षा गरिएको छ । अस्पताल नहुँदा यहाँका नागरिक सामान्य उपचारका लागि धनगढी, नेपालगञ्ज तथा भारतसम्म पुग्ने गरेका छन् । विसं २०७७ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पाँच, १० र १५ शय्यासम्मका अस्पताल स्थानीय तहमा बनाउने योजना सार्वजनिक गरेको थियो । रासस

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.