• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

  •  आइतबार, साउन २०, २०८१ मा प्रकाशित

टीकापुर (कैलाली) । स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा जानुभएको थियो, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गर्नुभयो । “काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन”, उहाँले भन्नुभयो, “वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले पाँच घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो,” उहाँले दुःख पोख्नुभयो ।

टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुग्नुभएको थियो । बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो । सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उहाँले पनि बच्चालाई सहज रूपमा स्तनपान गराउन सक्नुभएन । छेउकुना लागेर सङ्कोचपूर्वक मजेत्रोले नानीलाई दूध चुसाएको उहाँले बताउनुभयो ।

पोषणविज्ञहरूका अनुसार शिशुलाई आमाको दूध अमृत समान हो । छ महिनासम्म निरन्तर खुवाउनुपर्छ । छ महिनापछि पनि पोषिला खानेकुरासँगै दुई वर्षसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्छ । स्तनपानबारे नवप्रसूताहरूलाई सिकाउने गरेको टीकापुर–८ का महिला स्वास्थ्य स्वयंसेविका मीना टमटा बताउनुहुन्छ । “हामीले शिशुलाई छ महिनाको हुँदासम्म २४ घण्टामा १० देखि १२ पटकसम्म दूध चुसाउनुपर्छ, छ महिनापछि आमाको दूधसँगै थप खानेकुरा खुवाउन सिकाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, । शिशुलाई स्तनपान नगराउँदा स्वास्थ्य कमजोर हुनुका साथै विभिन्न रोग लाग्न सक्छन् ।

सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउनुहुन्छ । स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उहाँको जोड छ ।

टीकापुर नगरपालिका कार्यालय र विजयनगर सहरी स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्तनपानकक्ष निर्माण छन् । यी स्तनपानकक्ष पनि फाट्टफुट्टमात्र प्रयोग हुने गरेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ । “स्वास्थ्य संस्थामात्र होइन, सेवाग्राही आउने हरेक कार्यालयमा स्तनपानकक्ष आवश्यक छ”, उहाँले भन्नुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पुराना भवनमा स्तनपानकक्ष नभए पनि अब बन्ने भवनमा स्तनपानकक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

आइतबार, साउन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.