• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २१ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्य कार्यालयको स्टोरमा म्याद गुज्रिएका औषधि

  •  मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

त्रिशूली (नुवाकोट) । स्वास्थ्य कार्यालय नुवाकोटले पछिल्लो १० वर्षदेखि म्याद सकिएका औषधिजन्य सामग्री नष्ट गर्न बजेट अभावले भण्डारण कक्ष (स्टोर)मा राख्न बाध्य भएको छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क वितरण गर्न कार्यालयले खरिद गरेको र माथिल्ला निकायबाट प्राप्त गरेका औषधि उपभोग भएसँगै म्याद सकिएर थन्किएको कार्यालयका जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याद सकिएका औषधि तोकिएका मापदण्डअनुसार नष्ट गर्ने प्रक्रिया पूरा गर्न बजेट अभावमा पछिल्लो १० वर्षदेखि स्टोरमा थन्किएको छ ।

“औषधि नष्ट गर्ने दुई विधि छन् । त्यसमा भएका रासायन हटाइ तातो भाडोमा जलाएर खरानी बनाउने अथवा त्यसलाई केलाएर धुलो बनाइ सिमेन्टसँग मिसाएर जमिनमा गाड्नुपर्छ,” जनस्वास्थ्य अधिकृत आचार्यले भन्नुभयो, “कार्यविधिअनुसार नष्ट गर्न बजेट नहुँदा विगतदेखि थन्किदै आएका छौँ ।”

म्याद सकिएका औषधिजन्य सामग्रीमा विपद् र महामारीमा प्रयोग गर्ने औषधि धेरै छन् । कोभिड–१९ र भूकम्पको समयमा वितरण गर्न प्राप्त भएको तर, उपभोग नहुँदा म्याद गएका औषधि हालसम्म स्टोरमा थन्किएका छन् ।

बागमती प्रदेश सरकार मातहत पर्ने स्वास्थ्य कार्यालयमा पछिल्ला वर्षमा म्याद सकिएका औषधिको परिणाम वृद्धि हुँदै गएको छ । छोटो अवधिको म्याद रहेका र जिल्लाबाट माग नभई प्राप्त भएका औषधि खपत नहुँदा म्याद सकिएर थन्किने दर बढेको हो ।

विगत एक दशकदेखि जम्मा भएका ती औषधि ६० पोकाभन्दा बढी छन् । उक्त औषधिको खरिद लागत मूल्य यकीन नभए पनि रु तीन करोड हाराहारमा रहेको अनुमान छ । अब ती औषधि नष्ट गर्न करीब रु २० लाख बजेट आवश्यक पर्ने जनस्वास्थ्य अधिकृत आचार्यको भनाइ छ ।

कार्यालयको स्टोर साघुँरो र अव्यवस्थित छ । सोही स्थानमा म्याद गुज्रिएका औषधि गोदाम गर्दा सेवा प्रवाह चित्त बुझ्दो नदेखिएको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितको भनाइ छ ।

जिल्लाका स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको अनुगमन र औषधि वितरण प्रभावकारी बनाउन निर्देशन दिनुपर्ने कार्यालयको आफ्नै स्टोर भने अव्यवस्थित हुनु अस्वाभनीय देखिन्छ । एउटै स्टोरमा म्याद सकिएका र बिरामीलाई निःशुल्क वितरण गर्न जिल्लाका पालिका र स्वास्थ्य एकाइलाई उपलब्ध गराउने औषधि राख्नु कानुनी र नैतिकताले नमिल्ने उहाँको सुझाव छ । रासस

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.