• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य कार्यालयको स्टोरमा म्याद गुज्रिएका औषधि

  •  मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

त्रिशूली (नुवाकोट) । स्वास्थ्य कार्यालय नुवाकोटले पछिल्लो १० वर्षदेखि म्याद सकिएका औषधिजन्य सामग्री नष्ट गर्न बजेट अभावले भण्डारण कक्ष (स्टोर)मा राख्न बाध्य भएको छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क वितरण गर्न कार्यालयले खरिद गरेको र माथिल्ला निकायबाट प्राप्त गरेका औषधि उपभोग भएसँगै म्याद सकिएर थन्किएको कार्यालयका जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार म्याद सकिएका औषधि तोकिएका मापदण्डअनुसार नष्ट गर्ने प्रक्रिया पूरा गर्न बजेट अभावमा पछिल्लो १० वर्षदेखि स्टोरमा थन्किएको छ ।

“औषधि नष्ट गर्ने दुई विधि छन् । त्यसमा भएका रासायन हटाइ तातो भाडोमा जलाएर खरानी बनाउने अथवा त्यसलाई केलाएर धुलो बनाइ सिमेन्टसँग मिसाएर जमिनमा गाड्नुपर्छ,” जनस्वास्थ्य अधिकृत आचार्यले भन्नुभयो, “कार्यविधिअनुसार नष्ट गर्न बजेट नहुँदा विगतदेखि थन्किदै आएका छौँ ।”

म्याद सकिएका औषधिजन्य सामग्रीमा विपद् र महामारीमा प्रयोग गर्ने औषधि धेरै छन् । कोभिड–१९ र भूकम्पको समयमा वितरण गर्न प्राप्त भएको तर, उपभोग नहुँदा म्याद गएका औषधि हालसम्म स्टोरमा थन्किएका छन् ।

बागमती प्रदेश सरकार मातहत पर्ने स्वास्थ्य कार्यालयमा पछिल्ला वर्षमा म्याद सकिएका औषधिको परिणाम वृद्धि हुँदै गएको छ । छोटो अवधिको म्याद रहेका र जिल्लाबाट माग नभई प्राप्त भएका औषधि खपत नहुँदा म्याद सकिएर थन्किने दर बढेको हो ।

विगत एक दशकदेखि जम्मा भएका ती औषधि ६० पोकाभन्दा बढी छन् । उक्त औषधिको खरिद लागत मूल्य यकीन नभए पनि रु तीन करोड हाराहारमा रहेको अनुमान छ । अब ती औषधि नष्ट गर्न करीब रु २० लाख बजेट आवश्यक पर्ने जनस्वास्थ्य अधिकृत आचार्यको भनाइ छ ।

कार्यालयको स्टोर साघुँरो र अव्यवस्थित छ । सोही स्थानमा म्याद गुज्रिएका औषधि गोदाम गर्दा सेवा प्रवाह चित्त बुझ्दो नदेखिएको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितको भनाइ छ ।

जिल्लाका स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको अनुगमन र औषधि वितरण प्रभावकारी बनाउन निर्देशन दिनुपर्ने कार्यालयको आफ्नै स्टोर भने अव्यवस्थित हुनु अस्वाभनीय देखिन्छ । एउटै स्टोरमा म्याद सकिएका र बिरामीलाई निःशुल्क वितरण गर्न जिल्लाका पालिका र स्वास्थ्य एकाइलाई उपलब्ध गराउने औषधि राख्नु कानुनी र नैतिकताले नमिल्ने उहाँको सुझाव छ । रासस

मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.