• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै

  •  आइतबार, साउन २७, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ ।

बाह्य क्षेत्रमा चर्को शुल्क तिरेर गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउनका लागि अल्ट्रासाउन्ड गराउनुपर्ने झन्झट हटेर गएको छ । नगरपालिकाले गर्भवतीलाई चार वर्षअघिदेखि निरन्तर रुपमा स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएको छ ।

विसं २०७७ देखि पिपलाडी, झलारी र पिताम्बर गरी तीन स्वास्थ्य चौकीहरुबाट अल्ट्रासाउन्ड सेवा प्रदान गरिँदै आएकामा हाल सेवा विस्तार गरी आठ स्वास्थ्य संस्थामा पुर्याइएको छ । “पहिलो वर्ष तीनवटा स्वास्थ्य चौकीमा सेवा सुरु गर्यौँ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “त्यसपछि आधारभूत स्वास्थ्य केन्द्र वनसमिति, सहरी स्वास्थ्य केन्द्र बेलडाँडीमा सेवा विस्तार गर्यौँ, यस वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्र कालागौडी, सहरी स्वास्थ्य केन्द्र बन्साह र आधारभूत स्वास्थ्य केद्र दीपनगरमा सेवा विस्तार गरेका छौँ ।”

उहाँका अनुसार सेवा सञ्चालनका लागि तीन नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिमसँगै पुनःताजगी तालिम दिई दक्ष बनाइएको छ । प्रत्येक महिनाको १२ देखि १९ गतेसम्म स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ । अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रसम्म पुर्याएर मातृ शिशुको मृत्यु दरलाई शून्यमा झार्न मद्दत पुगेको शाखा प्रमुख भट्टको भनाइ रहेको छ ।

“गर्भमा रहेको शिशुको अवस्थाबारे अल्ट्रासाउन्डका माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “जोखिमा रहेको गर्भबारे गर्भवती आमासँगै अभिभावकलाई समयमै जानकारी गराइने भएकाले आमा र शिशुको ज्यान जोगउन सकिन्छ, विगतमा गर्भमा रहेको शिशुको अवस्था पत्ता नलाग्दा आमा र शिशुको ज्यान जाने गरेको थियो, अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुर्याएको छ ।”

अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, गर्भको हप्ता, शिशुको वृद्धि विकास, प्लासेन्टको पोजिसन कस्तो छ त्यो हेर्न सकिने सिअनमी प्रतिमा न्यौपानेले बताउनुभयो । “अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उहाँले भन्नुभयो, “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, ‘एम्नियोटिक’ तरल पदार्थ कति छ भनेर हेर्न सकिन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी हुन्छ ।”

अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रदेखि सुगमका बजार क्षेत्रसम्मका गर्भवतीसम्म पुगेकाले महिलाले यही सेवाका लागि बाह्य क्षेत्रमा खर्चनुपर्ने ठूलो धनराशि जोगिएको उहाँले बताउनुभयो । “एक पटक अल्ट्रासाउन्ड गराउँदा निजी क्षेत्रका अस्पतालहरुले रु एक हजार छ सयसम्म शुल्क लिने गरेका छन्, पटक पटक जाँच गराउनुपर्ने भएकाले निकै रकम खर्च हुन्छ”, आमा समूहमा आबद्ध सीता डगौराले भन्नुभयो, “टाढाका अस्पतालमा यातायातका साधन चढेर पुग्नुपर्ने हुन्छ, त्यसको खर्च थप हुन्छ, खर्चसँगै अस्पतालहरुमा पालो कुर्नुपर्ने हुन्छ ।”

अल्ट्रासाउन्ड सेवा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा निःशल्क उपलब्ध हुन थालेपछि गर्भवतीले बाह्य क्षेत्रमा खर्चनुपर्ने रकम जोगिएको उहाँको भनाइ छ । “पालो कुर्नुपर्ने अवस्था पनि छैन, यातायातका साधन खाज्दै हिँड्नु पनि परेको छैन, घरदैलोमै सेवा पाइँदा निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वर्षको असार मसान्तसम्म २० वर्षमुनिका ३३, बीस वर्षमाथिका एक हजार ९७ र उन्नाइसजना जटिल प्रकृतिका गर्भवतीले अल्ट्रासाउन्ड सेवा लिएका छन् । अल्ट्रासाउन्ड सेवा निकै प्रभावकारी देखिएकाले स्वास्थ्य शाखाले नगरपालिकाका १२ वटै वडामा सेवा पुर्याउने लक्ष्य राखेको छ ।

त्यसका लागि शाखाले सुदूरपश्चिम प्रदेश विशेष अनुदान कार्यक्रमअन्तर्गत थप तीन अल्ट्रासाउन्ड मेसिनसँगै औजार, उपकरण खरिद गर्ने योजना बनाएको छ । त्यसका लागि नगर सभामा प्रस्ताव गरिएको रु ५१ लाखको बजेट स्वीकृत भए सेवालाई अझै प्रभावकारी बनाउन सकिने बताइएको छ ।

अल्ट्रासाउन्ड सेवाका लागि हाल एक मात्रै मेसिन उपलब्ध रहेको छ । सोही मेसिन सेवा सञ्चालन गरिएका स्वास्थ्य संस्थामा लगेर सेवा दिनुपर्ने अवस्था रहेको छ । रासस

आइतबार, साउन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.