• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

सुदूरपश्चिममा औलो रोगका आयातीत बिरामीको सङ्ख्या बढे

  •  बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

कञ्चनपुर । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ । स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०÷८१ को साउन महिनादेखि असार मसान्तसम्म औलाका बिरामीको सङ्ख्या दुई सय ४७ रहेकामा आयातीत बिरामीको सङ्ख्या दुई सय २९ छ । स्थानीय औलोका बिरामीको सङ्ख्या १८ जना मात्रै रहेको छ ।

औलोका दुई परजीवीहरु प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ । समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुन सक्ने सम्भावना उच्च रहने गर्दछ ।

अधिकृत जोशीका अनुसार सुदूरपश्चिममा अयातीत पाँच वर्षमाथिका प्लाज्मोडियम भाइभेक्सबाट सङ्क्रमित पुरुष एक सय ४६ र महिला ३३ रहेका छन । प्लाज्मोडियम फाल्सिपारमबाट पाँच वर्षमाथिका २४ जना पुरुषमा सङ्क्रमण देखापरेको छ ।

स्थानीय प्लाज्मोडियम भाइभेक्सबाट पाँच वर्षमाथिका पुरुष आठ र महिला तीनजना सङ्क्रमित भएकामा प्लाज्मोडियम फाल्सिपारमबाट तीनजना पुरुष सङ्क्रमित भएका छन् ।

आयातीत पाँच वर्षमुनिका प्लाज्मोडियम भाइभेक्सबाट पुरुष दुई र महिला एकजनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, आयातीत १८ पुरुष र दुई महिला प्लाज्मोडियम भाइभेक्सको सङ्क्रमण दोहरिएको अवस्थामा पाइएको अधिकृत जोशीको भनाइ रहेको छ ।

सबैभन्दा बढी आयातीत औलोका बिरामी कैलालीमा एक सय ३५, कञ्चनपुरमा २९ र अछाममा २४ जना रहेका छन् । त्यसपछि डोटीमा १६, बाजुरामा १५, डडेल्धुरामा सात, बैतडीमा चार र दार्चुलामा दुईजना औलोका आयातीत बिरामी फेला परेका छन् । बझाङ जिल्लामा भने सो अबधिमा कुनै पनि औलोका बिरामी भेटिएका छैनन् ।

“बर्सेनि भारतबट फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातीत बिरामीको सङ्ख्या बढ्दो छ,” अधिकृत जोशीले भन्नुभयो, “खुला सीमा नाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमा नाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाइनुपर्छ ।” तराई क्षेत्रमा औलो रोग देखिनु सामान्य भए पनि जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा पछिल्लो केही वर्ष पहाडीदेखि उच्च हिमाली जिल्लामा पनि औलोका आयातीतसँगै स्थानिय बिरामी फेला पर्न थालेका छन् ।

तापक्रमको उतारचढावका कारण लामखुट्टेले बस्नका लागि वातावरण अनुकूल बनाएको उहाँको भनाइ रहेको छ । लामखुट्टे यातायातका साधनको ओहोरदोहोर गर्ने क्रम सँगै पहाडी र हिमाली जिल्लामा पुगेको उहाँ बताउनुहुन्छ ।
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उल्लेख गर्नुहुँदै उहाँले औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्दछ र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने गरेको बताउनुभयो । उहाँका अनुसार औलो रोग निवारणका लागि कीटशासक झूल वितरण, कीटनाशक विषादी छर्कने कार्यसँगै जनचेतना फैलाउने कार्य प्रदेशका नौवटा जिल्लामा गरिँदै आएको छ ।

औलोबाट बच्न साँझ¬बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झूलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनु हुँदैन । औलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ । रासस

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.