• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

सुदूरपश्चिममा औलो रोगका आयातीत बिरामीको सङ्ख्या बढे

  •  बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित

कञ्चनपुर । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ । स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०÷८१ को साउन महिनादेखि असार मसान्तसम्म औलाका बिरामीको सङ्ख्या दुई सय ४७ रहेकामा आयातीत बिरामीको सङ्ख्या दुई सय २९ छ । स्थानीय औलोका बिरामीको सङ्ख्या १८ जना मात्रै रहेको छ ।

औलोका दुई परजीवीहरु प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ । समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुन सक्ने सम्भावना उच्च रहने गर्दछ ।

अधिकृत जोशीका अनुसार सुदूरपश्चिममा अयातीत पाँच वर्षमाथिका प्लाज्मोडियम भाइभेक्सबाट सङ्क्रमित पुरुष एक सय ४६ र महिला ३३ रहेका छन । प्लाज्मोडियम फाल्सिपारमबाट पाँच वर्षमाथिका २४ जना पुरुषमा सङ्क्रमण देखापरेको छ ।

स्थानीय प्लाज्मोडियम भाइभेक्सबाट पाँच वर्षमाथिका पुरुष आठ र महिला तीनजना सङ्क्रमित भएकामा प्लाज्मोडियम फाल्सिपारमबाट तीनजना पुरुष सङ्क्रमित भएका छन् ।

आयातीत पाँच वर्षमुनिका प्लाज्मोडियम भाइभेक्सबाट पुरुष दुई र महिला एकजनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी, आयातीत १८ पुरुष र दुई महिला प्लाज्मोडियम भाइभेक्सको सङ्क्रमण दोहरिएको अवस्थामा पाइएको अधिकृत जोशीको भनाइ रहेको छ ।

सबैभन्दा बढी आयातीत औलोका बिरामी कैलालीमा एक सय ३५, कञ्चनपुरमा २९ र अछाममा २४ जना रहेका छन् । त्यसपछि डोटीमा १६, बाजुरामा १५, डडेल्धुरामा सात, बैतडीमा चार र दार्चुलामा दुईजना औलोका आयातीत बिरामी फेला परेका छन् । बझाङ जिल्लामा भने सो अबधिमा कुनै पनि औलोका बिरामी भेटिएका छैनन् ।

“बर्सेनि भारतबट फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातीत बिरामीको सङ्ख्या बढ्दो छ,” अधिकृत जोशीले भन्नुभयो, “खुला सीमा नाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमा नाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाइनुपर्छ ।” तराई क्षेत्रमा औलो रोग देखिनु सामान्य भए पनि जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा पछिल्लो केही वर्ष पहाडीदेखि उच्च हिमाली जिल्लामा पनि औलोका आयातीतसँगै स्थानिय बिरामी फेला पर्न थालेका छन् ।

तापक्रमको उतारचढावका कारण लामखुट्टेले बस्नका लागि वातावरण अनुकूल बनाएको उहाँको भनाइ रहेको छ । लामखुट्टे यातायातका साधनको ओहोरदोहोर गर्ने क्रम सँगै पहाडी र हिमाली जिल्लामा पुगेको उहाँ बताउनुहुन्छ ।
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उल्लेख गर्नुहुँदै उहाँले औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्दछ र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने गरेको बताउनुभयो । उहाँका अनुसार औलो रोग निवारणका लागि कीटशासक झूल वितरण, कीटनाशक विषादी छर्कने कार्यसँगै जनचेतना फैलाउने कार्य प्रदेशका नौवटा जिल्लामा गरिँदै आएको छ ।

औलोबाट बच्न साँझ¬बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झूलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनु हुँदैन । औलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ । रासस

बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.