• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

शुक्लाफाँटामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य

  •  आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य रहेको छ । गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अवैध रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्यमा झरेको हो ।

सुरक्षित गर्भपतन सेवाको पहुँच नगरपालिकाको ग्रामीण तथा सुदूर क्षेत्रसम्म विस्तार भएपछि असुरक्षित रुपमा गराउँदै आएको गर्भपतनको कार्य रोकिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । “विगतमा असुरक्षित रुपमा सूचीकृत नभएका निजी मेडिकलमा महिलाले गर्भपतन गराउँदै आएका थिए”, उहाँले भन्नुभयो, “असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको प्रजनन अङ्गमा जटिलता देखापर्ने समस्या थियो, अज्ञानताका कारण ग्रामीण क्षेत्रका केही महिलाले जडीबुटीको प्रयोग गरी जोखिमयुक्त तरिकाले गर्भपतन गराउने गरेका थिए ।”

नगरपालिकाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्भवती महिलाको मञ्जुरीमा सुरक्षित रुपमा सूचीकृत स्वास्थ्यकर्मीले गर्भपतन सेवा प्रदान गर्न थालेपछि अवैध रुपमा हुने गर्भपतनको कार्य रोकिएको उहाँको भनाइ छ । उहाँका अनुसार आव २०८०÷८१ मा दुई सय ९२ महिलाले नगरपालिकामा रहेका सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिएका छन् । त्यसमा २० वर्षमुनिका पाँच र २० वर्षमाथिका दुई सय ८७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

गर्भपतनपश्चात् परिवार नियोजनका साधन छोटो अवधिका लागि अपनाउने महिलाको सङ्ख्या एक सय ४६ रहेको छ । गर्भपतनपछि लामो अवधिका लागि परिवार नियोजनाका साधन अपनाउने महिलाको सङ्ख्या १८ रहेको छ । गर्भपतन गराएपछि जटिलता भएका महिला दुईजना रहेका छन् । स्वास्थ्य संस्थामै निःशुल्क रुपमा गर्भवतीको मञ्जुरीमा गर्भपतन सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रदान गर्न थालेपछि सो सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको शाखा प्रमुख भट्टले बताउनुभयो ।

नगरपालिकाको झलारी, पिपलाडी, पिताम्बर स्वास्थ्यचौकी, बन्साहा सहरी स्वास्थ्य केन्द, आधारभूत स्वास्थ्य केन्द्र वनसमिति गरी पाँच स्थानबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ । स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी गर्भपतन गराइँदै आएको छ । गर्भको अवधि ६३ दिन (नौ हप्ता)सम्मको भएमा महिलाको इच्छाअनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउन सकिने व्यवस्था स्वास्थ्य संस्थामा रहेको छ । गर्भपतन सेवा प्रदान गरिँदै आएका स्वास्थ्य संस्थामा दक्ष सूचीकृत स्वास्थ्यकर्मी उपलब्ध रहेका छन् ।

“गर्भवतीको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ”, शाखा प्रमुख भट्टले भन्नुभयो, “गर्भपतनका अतिरिक्त गर्भनिरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भनिरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचार गरिँदै आएको छ ।”

उहाँका अनुसार कानुनी परिधिभित्र रहेर गर्भपतन गर्न पाउनु महिलाको प्रजनन अधिकारमा पर्दछ । नेपालको संविधान २०७२ ले प्रत्येक महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको छ । रासस

आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.