• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

विश्व आत्महत्या रोकथाम दिवस : चुनौति बन्दै आनुबंशिक आत्महत्या

  •  मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

चितवन । पछिल्लो समय नेपालमा आत्महत्याका घटना र दर बढिरहेको बेला आनुवांशिक आत्महत्याको पनि जोखिम उत्तिकै उच्च जोखिम रहेको चिकित्सक बिशेषज्ञहरुले बताउनु भएको छ । आज स्वास्थ्य कार्यालय चितवनले विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरुले परिवारमा एक सदस्यले आत्महत्या गर्दा अन्य सदस्यहरुले पनि आत्महत्या गर्ने दर उत्तिकै उच्च रहेको बताउनु भएको हो ।

सो अवसरमा बोल्दै स्वास्थ्य निर्देशनालय हेटौंडाका स्वास्थ्य शिक्षा प्रशासक अर्जुन पौडेलले आनुबंशिक नेपालमा आत्महत्याको घटना बढ्दै गएको बताउनु भयो । ‘आत्महत्या गर्ने धेरै कारणहरु छन । सबै भन्दा बढी डिपे्रसन र एन्जाइटी हो । त्यसपछि अन्य कारणमा आनुवंशिक आत्महत्या पनि चुनौति बनेको छ ।’ उहांँले भन्नुभयो । परिवारमा एकजना सदस्यको मृत्यु हुने बित्तिकै अन्य सदस्यमा निराशा छाउने , विकल्पहरु बन्द हुने चिन्ताका कारण पनि आनुवंशिक आत्महत्याको जोखिम बढेको उहांँको भनाई छ ।

यसको न्यूनिकरण र रोकथामका लागि मिडीया र सोसयल मिडीयाका समाचारका प्रस्तुतिकरणमा संवेदनशील हुन उहांँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनमा कार्यरत डाक्टर अनुप बिक्रम केसीले समाजमा एकजनाले आत्महत्या गर्दा यसको असर ठुलो हुने बताउनु भयो । ‘एकजनाले मात्रैपनि आत्महत्या गर्दा १३५ जनालाई प्रत्यक्ष नकारात्मक उर्जा देखिएको रिसर्चले देखाएको छ र यसको प्रभाव केही किलोमिटरसम्म रहन्छ ।’ उहांँले भन्नुभयो । आत्महत्या गर्ने व्यत्तिले जीवनमा कम्तीमा २० देखि २५ पटकसम्म आत्महत्याको प्रयास गर्ने गरेको उहांँले बताउनु भयो । यसको न्यूनिकरणका लागि मानिसमा सकारात्मक सोच र सही परामर्श दिनुपर्ने उहांँले सुझाव दिनुभयो ।
भरतपुर अस्पतालका मनोरोग चिकित्सक डा. प्रज्ज्वल श्रेष्ठले पछिल्ला आनुवंशिक आत्महत्याको घटनाहरु अस्पतालमा आउने गरेको बताउनु भयो । ‘कोही व्यक्ति आउंँछन , मेरो बाबाले आत्महत्या गर्नुभयो, त्यसपछि मलाई आत्महत्या गर्ने सोच आयो, कतिले भन्छन दिदीले आत्महत्या गरेपछि मलाई पनि बाच्न मन लागेन अनि आत्महत्याको प्रयास गरें ।’ उहांँले भन्नुभयो । त्यस्ता घटनाहरु अस्पतालमा आउने गरेपनि मनो परामर्श पाएका कारण कतिपय त्यस्ता विरामी ठीक भएको उहांँले बताउनु भयो ।
आत्महत्याको लक्षण थाहा हुने वित्तिकै समयमा उपचार गर्नसके आत्महत्याको जोखिम बाट बच्न सकिने उहांँको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले आनुवंशिक गर्नुको अर्को कारण परिवारका एक सदस्यले आत्महत्या गरेपछि समाजले त्यो परिवारलाई हेर्ने दृष्टिकोण फरक हुने भएकोले पनि परिवारको अर्को सदस्यले आत्महत्या गर्ने गरेको बताउनुभयो ।

आत्महत्या गर्ने कतिपय व्यक्तिहरु आवेशमा र लागुपदार्थ सेवनबाट गर्ने गरेको बताउंँदै प्रहरीले सामुदायिक स्तरमा यसको न्यूनिकरण गर्ने प्रयास गरेको उहांँले बताउनु भयो । आत्महत्या दुरुत्साहन कानुन कार्यान्वयनमा आएसंँगै यसको दुरुपयोग हुंँदा पनि परिवारमै यस्ता घटना हुने गरेको उहांँको भनाई थियो । विश्वमा हरेक बर्ष औषत ७ लाख मानिसले आत्महत्या गर्ने नेपालमा आर्थिक बर्ष ८०, ८१ मा ७हजार २२३ जनाले आत्महत्या गरेका थिए । साउनमा मात्रै चितवनमा आत्महत्याबाट २२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांंक छ ।

मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.