• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ११ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप

  •  सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित

बाँके । तराइका जिल्लामा सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पको उपचार हुने नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ। अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।

लुम्बिनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लास्थित अस्पतालबाट रेफर भएर सर्पले टोकेका बिरामी उपचारको लागि आउन थालेपछि भेरी अस्पताल भरिभराउ हुन थालेको हो ।

सर्पले टोकेर समयमा अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुकमा नलाग्न अस्पतालमा भेटिएका बिरामीहरूले सुझाव दिएका छन् ।

सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ । यस्ता परम्परागत विधिमा भरपर्दा ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा आएर ज्यान जोगाउन सफल भएको बिरामीका आफन्त पूजा परियारको भनाई छ ।

भेरी अस्पतालको तथ्याङ्क हेर्ने हो भने यसबर्ष बिरामीको चाप बढ्नुका साथै गतबर्ष भन्दा दोब्बर बढीको सर्पदंशका कारण मृत्यु भइसकेको छ। यसबर्ष वैशाख देखि हालसम्म बिषालु सर्पले टोकेका १सय २० जनाभन्दा बढी बिरामीको उपचार भएको छ। अस्पताल आउँदा आउँदै र उपचारकै क्रममा १६ जनाको ज्यान गएको भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डाक्टर पारस पाण्डेले बताउनु भएको छ ।

नेपालमा गोमन करेट र भाइपर प्रजातिका बिषालु सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ।गोमन र करेट सर्पले टोक्दा न्युरो टक्सेभेनोममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ।जसका कारण मानिसहरूको मृत्यु हुने जोखिम धेरै हुन्छ ।

भाइपर सर्पमा हेमोटक्सिन हुन्छ जसले शरीरमा रगतलाई खराब गर्छ। भेरी अस्पतालले तराईमा पाइने कोब्रा करेट जस्ता सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ। भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने रगत बग्ने कलेजो र मृगौलामा असर पार्दा डाइलासिस गरि रगत चढाएर उपचार गर्ने गरेको अस्पतालले जनाएको छ ।

सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.