• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

‘विपन्न वर्गको पहुँचसम्म स्वास्थ्य सेवा पुर्‍याउँछु’

  •  मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित

लेखनाथ (कास्की) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई विपन्न वर्गको पहुँचसम्म पुग्नेगरी आफूले काम गरिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा अयोजित विभिन्न शुभेच्छुक संस्थाका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, “संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यो सेवा सर्वसाधारण जनताले प्राप्त गर्न सकेका छैनन् ।”

सर्वसाधारणको स्वास्थ्य सेवा पहुँचलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले स्वास्थ्य बीमामार्फत पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले काम सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्वास्थ्य बीमाको रकम एकद्वार प्रणालीमार्फत खर्च गरिने बताउनुभयो । स्वास्थ्य बीमाको रकम ४० प्रतिशतभन्दा वढी दुरुपयोग भएकाले त्यस्तो दुरुपयोग हुन नदिन आफूले एकद्वार प्रणालीमार्फत स्वास्थ्य बीमाको रकम खर्च गर्न लागिएको भनाइ उहाँको छ ।

“नेपाली जनतामा राजनीतिप्रति वितृष्णा बढेकाबेला कांग्रेसले नेतृत्व गरेको मन्त्रालयले जनताको हितमा कामगरी कांग्रेसप्रति जनताको आकर्षण बढाउन आवश्यक छ”, मन्त्री पौडेलले भन्नुभयो, “कांग्रेस कार्यकर्ता एकजुट भएर आउँदो निर्वाचनमा कांग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले कांग्रेसले जनताले महसुस गर्नेगरी आफ्ना सेवा दिनसक्यो भने आगामी निर्वाचनमा पहिलो पार्टी हुने बताउनुभयो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले कांग्रेसलाई बलियो पार्टीका रुपमा विकास गर्न सबै नेता तथा कार्यकर्ता इमान्दार भएर सङ्गठन विस्तारमा जुट्न आवश्यक भएको बताउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा, देवराज चालिसे लगायतले कांग्रेस पार्टीलाई बलियो बनाएर लानुपर्नेमा चिन्ता व्यक्त गरेका थिए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रासस

मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.