• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

  •  बुधबार, असोज ०२, २०८१ मा प्रकाशित

त्रिशूली (नुवाकोट) । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा नुवाकोटले नुवाकोट र रसुवाका सातसय भन्दाबढी बिरमीलाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन् ।

विसं २०८० साउन १ गतेदेखि सुरु भएको निःशुल्क सेवाको लागि दुई जिल्लाका पालिकाको सहयोगले सेवा उपलब्ध गराउँदै आएको रेडक्रस नुवाकोट शाखाले जनाएको छ ।शाखाका अनुसार नुवाकोट र रसुवावासीलाई कोलनीस्थित केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध हुनेछ भने जिल्ला बाहिर आवश्यक परेमा उपलब्ध गराउन सहजीकरणसहित खरिद शुल्कबापत प्रति युनिट रु एक हजारका दरले रकम सोधभर्ना (फिर्ता) दिने गरिएको छ । निःशुल्क रगत उपलब्ध गराउन दुई जिल्लाका स्थानीय तहले स्वेच्छिक अनुसार आर्थिक सहायता उपलब्ध गराउँदै आएका छन् ।

रेडक्रसले दिगो व्यवस्पनको लागि रु एक करोडको अक्षय कोष स्थापनाको लक्ष्य लिएर हाल उक्त कोषमा रु ५२ लाख भन्दाबढी रकम सङ्कलन भइसकेको छ ।केन्द्रलाई रगतलाई निःशुल्क उपलब्ध गराउन भन्दा पनि अहिलेको मुख्य चुनौती सङ्कलनको समस्याको देखिएको छ । नियमित दान गर्ने दाताको घट्दो सङ्ख्या र रगत उपभोग गर्ने बिरामीको बढ्दो क्रमले विगतको तुलनामा रगत सङ्कलनमा कठिनाइ भइरहेको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

‘रक्तदान–जीवन दान’को नारासहित परिवर्तिन समय अनुसार कार्यक्रमकोस्वरुप बदलेर रक्त सङ्कलनलाई भने प्रभावकारी बनाउँदै आएको उहाँको भनाइ छ ।“नियमित दान गर्ने दाता विदेश जानेक्रम बढेको छ । यहाँ बसोबास गर्नेमा सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्याले रगत सङ्कलनमा कठिनाइ बनेको छ ।” केन्द्र प्रमुख श्रेष्ठले भन्नुभयो “दाताहरुमा जनचेतना अभिवृद्धि र सहयोगी सङ्घ सँस्थाको सक्रियताले अहिलेसम्म नुवाकोट र रसुवामा मागअनुसार रगत सङ्कलनमा समस्या देखिएको छैन ।”

नुवाकोट रेडक्रसले सङ्कलन गरेको रगत दुई जिल्लालाई प्रयाप्त भएपछि भक्तपुर रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार केन्द्रमा समेत पठाउने गरिएको छ ।नुवाकोटमा विसं २०७१ फागुन २५ मा स्थापना भएको रक्तसञ्चार केन्द्रमा हालसम्म छ हजार तीनसय २७ दाताले रक्तदान गरेका छन् । पछिल्लो एक वर्षको अवधिमा दुई सय ११ जना महिलासहित एक हजार तीन सय ६५ दाताले रक्तदान गरेको रक्तसञ्चार केन्द्रको तथ्या¬ङ्क छ ।

रेडक्रसको प्राविधिक सहयोगमा एक वर्षमा नुवाकोट र रसुवामा ५२ स्थानमा रक्तदान कार्यक्रम गरिएको छ भने रक्तदान कार्यक्रमलाई अभिवृद्धि गर्न विद्यालयतहमा रक्तसमूहको पहिचान, जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कल गठन गरेर उनीहरुलाई सक्रिय बनाउन नुवाकोट रेडक्रस तल्लिन छ । अठार वर्ष उमेर पुगेका युवालाई रक्तदान कार्यक्रम सहभागी हुन रेडक्रस सहितको विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा अभियान चलाउँदै आएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ रक्तदाताको खोजी, एक पटक दान गरिसकेका दातालाई नियमित बनाउन उत्प्रेरणा जगाउने, धेरै पटक रक्तदान गर्ने दातालाई प्रदेश स्वास्थ्य मन्त्रालयबाट सम्मानको कार्यक्रम लगायतका अभियानले रगत सङ्कलनमा उल्लेख्य सफलता हासिल भएको बताइएको छ । रासस

बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.