• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

स्थानीय तह स्थापनापछि थपिँदै स्वास्थ्य संस्था

  •  बुधबार, असोज ०९, २०८१ मा प्रकाशित

ढोरपाटन (बागलुङ), ९ असोजः विसं २०७३ अगाडिसम्म बागलुङका दूरदराजका नागरिकलाई सामान्य उपचार गर्नका लागि दिनैभर लगाएर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता भए पनि अहिले त्यो बाध्यताको अन्त्य भएको छ ।

स्थानीय तह स्थापनापछि गाउँ तथा नगरपालिकाले विकट बस्तीसम्म स्वास्थ्य संस्था खोलेर सेवा दिन थालेका छन् । जिल्लाका १० वटा स्थानीय तहले विकट बस्तीसम्म सामुदायिक स्वास्थ्य एकाइ, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गर्न थालेपछि स्थानीयलाई ठूलो राहत मिलेको छ ।

गाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले सामान्य उपचार र औषधी पाउन दिनैभरि लगाउनुपर्ने बाध्यताको अन्त्य गर्नाका साथै नागरिकलाई सचेतसमेत बनाउन थालेका छन् । जिल्लामा सबैभन्दा दुर्गम मानिने निसीखोला, ढोरपाटन, तमानखोलालगायत ठाउँमा अहिले स्वास्थ्यमा राम्रो प्रगति भएको पाइन्छ । नागरिकलाई स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि सयौँ स्वास्थ्य स्वयंसेविकासमेत खटाइएको छ । त्यसले नागरिलाई बिरामी परे अस्पताल जानुपर्छ भन्ने चेतना विकास भएको छ । तीनै तहका सरकारको लगानीमा अहिले गाउँ–गाउँमा सुविधा सम्पन्न स्वास्थ्य संस्था सञ्चालनमा आइरहेका छन् ।

आठ वर्षअगाडि बागलुङ जिल्लाभर एउटा सरकारी अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र, ५८ स्वास्थ्य चौकी, नौ सामुदायिक स्वास्थ्य एकाइ र चार सहरी स्वास्थ्य केन्द्र गरी ७५ वटा मात्रै स्वास्थ्य संस्था थिए । अहिले त्यसको सङ्ख्या बढेको छ । स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाका अनुसार एउटा प्रादेशिक अस्पताल, तीन नगर तथा आधारभूत अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ५६ स्वास्थ्य चौकी, २३ आधारभूत स्वास्थ्य केन्द्र, २० सामुदायिक स्वास्थ्य एकाइ र १७ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

पहिले प्राथमिक स्वास्थ्य केन्द्र रहेको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र अहिले गलकोट नगर अस्पतालमा स्तरोन्नति भएको उहाँले जानकारी दिनुभयो । पैयुँपाटा स्वास्थ्य चौकी बागलुङ नगर अस्पताल र बोङ्गादोभान स्वास्थ्य चौकी तमानखोला आधारभूत अस्पतालमा स्तरोन्नति भएको उहाँको भनाइ छ ।

सापकोटाका अनुसार धौलागिरि आयुर्वेद औषधालयसहित तीन नागरिक आरोग्य केन्द्र, पाँच स्थानीय तहमा साधारण आयुर्वेद औषधालय सञ्चालनमा रहेका छन् । जिल्लामा २०२ खोप क्लिनिक, २१२ खोप सेसन, १५८ गाउँघर क्लिनिक, ७१ बर्थिङ सेन्टर, ३६ प्रयोगशाला रहेको उहाँको भनाइ छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका जिल्लाभर ९५० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेको उहाँले बताउनुभयो ।

धौलागिरि अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियामार्फत गर्भवती गराउने सुविधासमेत रहेको छ । धौलागिरि क्षेत्रमै सबैभन्दा ठूलो मानिने धौलागिरि अस्पताल सुविधा सम्पन्न बन्दै गएपछि बागलुङसहित म्याग्दी, पर्वत र मुस्ताङका बिरामीले सुविधा लिँदै आएका छन् । बडिगाड गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेको र केही समयमै सञ्चालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । निसीखोला गाउँपालिकामा भने बजेट अभावका कारण आधारभूत अस्पताल सम्पन्न हुन सकेको छैन ।

ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकामा बन्दै गरेको नगर अस्पताल पनि बजेटकै कारण रोकिएको नगरपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकामा भने कामनै सुरु भएको छैन । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुई वर्षदेखि आधारभूत अस्पताल सञ्चालन गरेको बताउनुभयो । गत वर्षदेखि एकजना डाक्टर राखेर सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ । गाउँपालिकामा हाल एउटा आधारभूत अस्पतालसहित दुई स्वास्थ्य चौकी, तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र, एउटा सामुदायिक स्वास्थ्य एकाइ र तीन स्वास्थ्य परामर्श केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तह गठन हुनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए, यहाँका नागरिक लागि ती स्वास्थ्य संस्था पर्याप्त थिएनन्, हामीहरू निर्वाचित भएर आएदेखि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौँ, अहिले अस्पताल सञ्चालन गर्नेदेखि दूरका बस्तीबस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सेवा दिइरहेका छौँ, सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पु¥याउनका लागि एम्बुलेन्स सेवा पनि दिएँका छौँ, अझै स्वास्थ्य क्षेत्रको सुधारमा लागिरहेका छौँ ।”

गत वर्षसम्म निसीखोला–५ निसेलढोरमा कोही बिरामी प¥यो भने एक दिन लगाएर बुर्तिबाङ ल्याउनुपर्ने बाध्यता थियो । गत वर्ष गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा दिन थालेपछि सामान्य उपचारका लागि बुर्तिबाङ झर्नुपर्ने बाध्यता हटेको स्थानीय सम्झाना विकले बताउनुभयो । पहिले बिरामी हुँदा घरेलु ओखतीमूलो गर्दै भन्दै अहिले स्वास्थ्य संस्थामा गएर सामान्य उपचार गरी औषधीसमेत पाउने गरेको उहाँको भनाइ छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको विकले सुनाउनुभयो ।

“हामीहरू यहाँ बस्न थालेको धेरै वर्ष भयो, गाउँमा मान्छे बिरामी परे भने धामीझाँक्री गर्ने चलन छ, अहिले गाउँमा औषधी पाइन थालेपछि धामी झाँक्री गर्ने र औषधी पनि लिएर खाने गर्छौं”, विकले भन्नुभयो, “यहाँ पनि अलि ठूलो रोग लाग्यो भने उपचार हुँदोरैनछ, सहर बजारको अस्पतालमा जानु पर्नेरैछ, पहिले अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अहिले गाउँमा स्वास्थ्य संस्थामा गयो भने यहाँ उपचार हुन नसके बुर्तिबाङ, पोखरा, काठमाडौँ जानु भनेर सुझाव दिनुहुन्छ ।” रासस

बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.