• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ५५ मिनेट 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

  •  बुधबार, असोज १६, २०८१ मा प्रकाशित

कास्की । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गर्नुभएको हो ।

मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि आवधिक योजना बनाएर आफूले काम सुरुआत गरेको बताउनुभयो । “स्वास्थ्य क्षेत्रको आधारभूत तहदेखि सुधारका कामलाई तीव्रता दिन्छौँ, मन्त्रालयको सिङ्गो टिम कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशको स्वास्थ्य नीति, बजेट, प्रदेशको सम्भावना, अन्तर्राष्ट्रिय मान्यता आदिको गहन अध्ययन गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरिएको छ ।”

योजना कार्यान्वयनका लागि स्रोतको प्रबन्ध गर्न सङ्घ सरकार, विकास साझेदारलगायतसँग सहकार्य गरिने मन्त्री पाठकले बताउनुभयो । कार्ययोजनामा कानूनी सुधार, सुशासन, आपूर्ति व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास तथा विस्तार, सेवा प्रवाह तथा गुणस्तरको सुनिश्चितता, सूचना व्यवस्थापन, जनस्वास्थ्य आपतकालीन तयारी र प्रतिकार्य, सर्ने तथा नसर्ने रोगको व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

अल्पकालीन योजनातर्फ चिकित्सक एवं स्वास्थ्यकर्मी प्रोत्साहनसम्बन्धी कार्यविधि र प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन कार्यविधि तयार गरिने मन्त्री पाठकले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरिने उहाँको भनाइ छ । निजी स्वास्थ्य संस्था दर्ता, नवीकरण र अनुगमनसम्बन्धी कार्यविधि संशोधन गरिने कार्ययोजनामा उल्लेख छ ।

प्रदेशभित्र औषधिको गुणस्तर जाँचको प्रबन्ध मिलाइने मन्त्री पाठकलले बताउनुभयो । पूर्ण संस्थागत सुत्केरी अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र पाठेघर खस्ने समस्या तथा फिस्टुला रोगको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी र धवलागिरि आयुर्वेद औषधालयमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरी अन्तरङ्ग सेवा व्यवस्थित गरिने भएको छ । मन्त्री पाठकले सर्ने रोग क्षयरोग, कुष्ठरोग र नसर्ने रोगको मधुमेह, उच्च रक्तचापलगायतका समुदायस्तरमा ‘स्क्रिनिङ’ गरिने मन्त्री पाठकले बताउनुभयो । प्रदेश सरकार मातहतका अस्पतालमा मानसिक रोगको उपचार सेवाको विस्तारका साथै मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

मध्यकालीन योजनाअन्तर्गत कानुनी सुधारतर्फ अस्पताल व्यवस्थापन समिति गठन आदेशको संशोधन एवं पुनःलेखन गरिने छ । सेवा करारमा स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन कार्यविधि संशोधन गरिनेछ ।

भौतिक पूर्वाधारतर्फ लमजुङ, स्याङ्जा र दमौली अस्पतालको नयाँ भवन निर्माण सुरु गरिने कार्ययोजनामा जनाइएको छ । गण्डकी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिने उल्लेख छ ।

धवलागिरि अस्पताल, मातृशिशु मितेरी र लमजुङ अस्पतालमा मातृशिशु प्रतिक्षा गृह सञ्चालन गरिने जनाइएको छ । धवलागिरि अस्पताल, दमौली, मध्यविन्दु र स्याङ्जा अस्पतालमा ट्रमा केयर सेन्टरको स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाइने मन्त्री पाठकले बताउनुभयो ।

दीर्घकालीन योजनामा स्वास्थ्य क्षेत्रको विशेषता र संवदेनशीलतालाई ध्यान दिई सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्न पहल गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारको कुल बजेटमा १० प्रतिशत हुने गरी व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने लक्ष्य लिइएको छ । अस्पतालमा आवासगृह व्यवस्थापन, प्रदेशमा क्यान्सर, मुट र मृगौला रोगको विशिष्टीकृत अस्पतालको स्थापना गरिने उल्लेख छ ।

बिरामीको आकस्मिक उद्धारका लागि एयर एम्बुलेन्सको व्यवस्थापन गरिने मन्त्री पाठकले बताउनुभयो । निजी क्षेत्रले लगानी गर्न सक्ने जनस्वास्थ्यका क्षेत्र तथा परियोजना पहिचान गरी स्वास्थ्य क्षेत्र लगानी खाका तयार गरी लागू गरिने उहाँले बताउनुभयो ।

त्यस अवसरमा मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले सीमित स्रोतसाधनका बावजुत मन्त्रालय मातहतका निकायले उत्कृष्ट सेवा प्रवाह गरिरहेको दाबी गर्नुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले सङ्घ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपिपल प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिने बताउनुभयो । रासस

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.