• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

अवैध बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही

  •  बुधबार, असोज १६, २०८१ मा प्रकाशित

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ ।

भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घसहितको टोलीले सुरु गरेको यहाँका औषधि पसलहरुको अनुगमनमा अवैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो ।

भक्तपुरमा अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट रु ३० हजार बराबरका औषधि जफल गरी रु १० जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो । उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तामक्रममा राख्नुपर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना लगाइएको हो ।

त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका रु ५० हजार बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ ।

त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिष्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहींको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ ।

सूर्यविनायक नपा–६ पाण्डुबजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि रु एक हजार ५०० बराबरको औषधि नष्ट गरेको छ ।

सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।

अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरु तापक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताउनुभयो । रासस

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.