• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

सुदूरपश्चिम प्रदेशः कतिपय स्वास्थ्यका सूचक निराशाजनक

  •  शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय सूचकमा अझै सुधार आउन सकेको छैन । सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, क्षयरोग, एचआइभी एड्सलगायत रोगको सूचकमा सुधार हुन नसकेको तथ्याङ्क छ ।

धनगढीमा आज सुरु भएको आर्थिक वर्ष २०८०/८१ को एकीकृत वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मोहनदेव भट्टले सुरक्षित मातृत्वतर्फ स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने महिलाको सङ्ख्या बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिनुभयो । “प्रदेशमा जम्मा ६१ प्रतिशत महिलाले मात्रै संस्थागत सुत्केरी सेवा लिने गरेका छन्”, उहाँले भन्नुभयो, “सुत्केरीपश्चात् सेवा लिनेको सङ्ख्या भने गत विगतभन्दा बढेर ४३ प्रतिशत पुगेको छ ।”

यस्तै गर्भपतन गराउने दर पनि चिन्ताजनक रहेको छ । अघिल्लो वर्ष नौ हजार पाँच सय ४२ ले गर्भपतन सेवा लिएकामा आव २०८०/८१ मा १५ हजार नौ सय ९८ ले यो सेवा लिएको जनाइएको छ । आशातीत कूल गर्भवतीमध्ये २५ प्रतिशतले गर्भपतन गराउने गरेकामा योमध्ये पाँच प्रतिशत २० वर्षमुनिका गरेका त्यसअवसरमा जानकारी दिइयो ।

पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपन, पुट्कोपन, कम तौलको अवस्था स्थिर रहने, रक्तअल्पता न्यूनीकरण हुननसक्नुलगायत समस्या देखिने गरेका छन् । क्षयरोगी बढ्दै जाँदा रोगीको खोजपड्तालबाट प्रदेशमा झण्डै तीन हजार सात सय बिरामी भेटिएका छन् ।

यहाँ एचआइभी सङ्क्रमित पत्ता लाग्ने दरसमेत बढेको छ । भारतका विभिन्न सहरमा काम गरेर फर्किनेहरू एचआइभी सङ्क्रमित भएर आउने गरेको बताइएको छ । गएको एक वर्षमा प्रदेशमा नयाँ दुई सय १६ एचआइभी सङ्क्रमित भेटिएका छन् । पाँच वर्षमुनिका बालबालिकामा निमोनिया हुनेदर र झाडापखाला हुनेदर भने घटेको छ ।

प्रदेशका जिल्ला पूर्ण खोप सुनिश्चिता भइसके पनि खोप लगाउने काममा लक्ष्यअनुसारको प्रगति हुन नसकेको जनाइएको छ । खोप केन्द्र भवन नहुनु, भौगोलिक विकटता, दोहोरो बसाइँ, पर्याप्त बजेटको अभाव, खोपबाट बचाउन सकिने रोगको प्रकोप बढ्नु आदिले समस्या भइरहेको बताइएको छ । विशेषज्ञ डाक्टरलगायत जनशक्ति र साधनस्रोतको अभावका कारण जनस्वास्थ्यका कतिपय सूचकमा सुधार ल्याउन कठिनाइ भइरहेको स्वास्थ्य कार्यालयका अधिकारीको भनाइ छ ।

गोष्ठीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनश्वास्थ्य प्रशासक दयाकृष्ण पन्तले विश्व स्वास्थ्य सङ्गठनले कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याउन सकिएमा स्वास्थ्यका सूचकमा सुधार ल्याउन सकिने बताए पनि नेपालमा सङ्घ र प्रदेश सरकारले चार÷पाँच प्रतिशत मात्रै बजेट छुट्याउने गरेकाले समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल स्वास्थ्य रणनीति (२०७९/८०—२०८७/८८) को प्रभावकारी कार्यान्वयन गर्नसकेमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ ।”

सामाजिक विकासमन्त्री मेघराज खड्काले मान्छेको खानपान एवं अपनाइने जीवनशैलीका कारण नयाँनयाँ रोगको चुनौती थपिँदै गएको उल्लेख गर्नुहुँदै आवश्यकताका आधारमा स्वास्थ्यसम्बन्धी योजना अगाडि बढाउन जरूरी रहेको बताउनुभयो । “बजेट तथा कार्यक्रम कार्यान्वयनमा आर्थिक पारदर्शिता र सुशासनका लागि सरकार प्रतिबद्ध छ । नकारात्मक देखिए स्वास्थ्य सूचकमा सुधारका लागि हामी सबैले मिलेर काम गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

गोष्ठी शुभारम्भ समारोहमा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, निर्देशनालयका निमित्त निर्देशक डा खगेन्द्र बम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नीति, योजना अनुगमन महाशाखाका डा कृष्णप्रसाद पौडेललगायतले जनस्वास्थ्यमा सुधार गर्न अपनाइने उपायका बारेमा धारणा राख्नुभएको थियो । रासस

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.