• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

‘स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ’

  •  बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

चितवन । स्तन क्यान्सर प्रभावितहरुले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मियता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आज यहाँ आयोजित ‘स्तन क्यान्सर विजेता जमघाट तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीले श्रीमान् र परिवारको हौसला तथा स्वयंको आत्मविश्वासले रोगलाई परास्त गर्न सकिने धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको बताउँदै सहभागीलाई आफ्नो अनुभव सुनाउनुभयो । उहाँले सुरुआतमा स्तन वरपर पोलेको जस्तो भएर विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत रोग पहिचान हुन नसकेको बताउँदै भन्नुभयो, “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो ।”

उच्च मनोबलका साथ उपचारमा लाग्नुपर्नेमा जोड दिँदै सभापति रावलले परिवारको साथ, सही उपचार र सकारात्मक उर्जाका माध्यमबाट स्तन क्यान्सरलाई परास्त गर्न सकिने धारणा राख्नुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरुलाई सचेतनाका लागि सद्भावना दूत बनिदिन आग्रह गर्नुभयो । क्यान्सर विजेताले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा क्यान्सरको अवस्था र उपचार विधिका बारेमा जानकारी गराउनुभयो । उहाँले बाह्य र भित्री कारणबाट क्यान्सर हुने जनाउँदै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सरबाट भने बच्न सकिने बताउनुभयो ।

स्वस्थ खानपान, नियमित व्यायाम र सक्रिय जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै मात्रामा बच्न सकिने डा पौडेलले बताउनुभयो । विश्वमा सबैभन्दा बढी एसियामा क्यान्सर रोगी रहेका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपालमा बर्सेनि २२ हजार आठ जनामा क्यान्सर पहिचान हुने र तीमध्ये १४ हजार सात सय चार जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।

अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा विश्वराम पौडेलले स्तन क्यान्सर प्रभावितलाई बलियो आत्मविश्वासका साथ परिवारको माया दिएर हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । दश वर्ष अघिसम्म क्यान्सर लागेमा मृत्यु हुन्छ भन्ने मानसिकता आमनागरिकमा रहेको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ प्रविधि आएसँगै उपचार सहज हुँदै गएको बताउनुभयो ।

अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा अस्मिता रानाले पाठेघरको मुखको क्यान्सरलाई जितेर स्तन क्यान्सर अगाडि आएको चर्चा गर्दै पुरुष चिकित्सकलाई देखाउन लजाउने समस्या अझै महिलामा रहेकाले पनि समस्या सृजना गरिरहेको बताउनुभयो ।

स्तन क्यान्सर विजेता निता श्रेष्ठले आत्मविश्वास र उच्च मनोबलसहित स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरलाई हराउन सकिने अनुभव सुनाउनुभयो । स्तन क्यान्सर विजेता पञ्चु लामाले आफूले क्यान्सर जितेर २० वर्षदेखि स्वस्थ जीवन बिताइरहेको जानकारी दिनुभयो । सकारात्मक सोच र सक्रिय दैनिकीले रोगसँग लड्ने उर्जा दिने उहाँको अनुभव छ । रासस

बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.