• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा

  •  सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेकोे सङख्या बढेको छ । स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०÷८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् । तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् । उपचारका लागि स्वास्थ्यचौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रुपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् ।

चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा स्वास्थ्यचौकीबाट तीन हजार पाँच सय ३१ बिरामीले सेवा लिएका छन् । “चिकित्सक नहुँदा विगतमा वर्षमा दुई हजारको हाराहारीमा बिरामी आउने गरेका थिए”, स्वास्थ्यचौकी प्रमुख भट्टले भन्नुभयो, चिकित्सको व्यवस्थाले बिरामीको सङ्ख्या बढेको छ ।”

घरदैलोमै चिकित्सकीय सेवा पाएपछि स्थानीय बासिन्दालाई टाढाको महेन्द्रनगर, धनगढी र निकटवर्ती भारतीय सहरमा उपचारका लागि पुग्नुपर्ने झन्झट हटेर गएको शुक्लाफाँटा–४ वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । स्वास्थ्यचौकीमा नगरपालिकाको आन्तरिक स्रोतबाट तलब व्यहार्ने गरी चिकित्सको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । भाइरल ज्वरो भएर स्वास्थ्यचौकी पुगेका कलावती चौधरीले चिकित्सको सल्लाहमा औषधि सेवन गर्दा ज्वरो ठीक भएको बताउनुभयो ।

“पहिला चिकित्सक नहुँदा निजी मेडिकलमा पुगेर उपचार गराउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “चिकित्सकको व्यवस्थाले टाढा जानुपरेको छैन, पैसाको पनि बचत भएको छ”, स्वास्थ्यचौकीमा चार वर्षदेखि निरन्तर रुपमा चिकित्सकीय परामर्श सेवा उपलब्ध हुँदै आएको छ । “औषधिको सेवन गरी ठीक हुने बिरामीलाई चिकित्सकले स्वास्थ्यचौकीमा उपलब्ध निःशुल्करुपमा उपलब्ध हुने औषधिका सिफारिस गर्दै आउनुभएको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रमेशराज भण्डारीले बताउनुभयो ।

स्वास्थ्यचौकीमा उपलब्ध नहुने औषधिका लागि बाह्य क्षेत्रबाट खरिदका लागि चिकित्सकले परामर्श दिने गरेको उहाँको भनाइ रहेको छ । जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई मात्रै बाह्य क्षेत्रमा उपचारका लागि रिफर गरिन्छ । स्वास्थ्यचौकीमा इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा उपलब्ध छ ।

योसँगै चौबिस घण्टे प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, एन्टी रेबिज भ्याक्सिन सेवा, चिकित्सकीय सेवा, ग्रामीण अल्ट्रासाउण्ड सेवा, एम्बुलेन्स सेवा, क्षयरोग, कुष्ठरोगलगायतका महामारी नियन्त्रण तथा रोकथाम सेवा र दैनिक बिरामी जाँच सेवा उपलब्ध रहेको छ । रासस

सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.