• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा

  •  सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेकोे सङख्या बढेको छ । स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०÷८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् । तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् । उपचारका लागि स्वास्थ्यचौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रुपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् ।

चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा स्वास्थ्यचौकीबाट तीन हजार पाँच सय ३१ बिरामीले सेवा लिएका छन् । “चिकित्सक नहुँदा विगतमा वर्षमा दुई हजारको हाराहारीमा बिरामी आउने गरेका थिए”, स्वास्थ्यचौकी प्रमुख भट्टले भन्नुभयो, चिकित्सको व्यवस्थाले बिरामीको सङ्ख्या बढेको छ ।”

घरदैलोमै चिकित्सकीय सेवा पाएपछि स्थानीय बासिन्दालाई टाढाको महेन्द्रनगर, धनगढी र निकटवर्ती भारतीय सहरमा उपचारका लागि पुग्नुपर्ने झन्झट हटेर गएको शुक्लाफाँटा–४ वडाध्यक्ष कमल ठकुल्लाले बताउनुभयो । स्वास्थ्यचौकीमा नगरपालिकाको आन्तरिक स्रोतबाट तलब व्यहार्ने गरी चिकित्सको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । भाइरल ज्वरो भएर स्वास्थ्यचौकी पुगेका कलावती चौधरीले चिकित्सको सल्लाहमा औषधि सेवन गर्दा ज्वरो ठीक भएको बताउनुभयो ।

“पहिला चिकित्सक नहुँदा निजी मेडिकलमा पुगेर उपचार गराउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “चिकित्सकको व्यवस्थाले टाढा जानुपरेको छैन, पैसाको पनि बचत भएको छ”, स्वास्थ्यचौकीमा चार वर्षदेखि निरन्तर रुपमा चिकित्सकीय परामर्श सेवा उपलब्ध हुँदै आएको छ । “औषधिको सेवन गरी ठीक हुने बिरामीलाई चिकित्सकले स्वास्थ्यचौकीमा उपलब्ध निःशुल्करुपमा उपलब्ध हुने औषधिका सिफारिस गर्दै आउनुभएको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रमेशराज भण्डारीले बताउनुभयो ।

स्वास्थ्यचौकीमा उपलब्ध नहुने औषधिका लागि बाह्य क्षेत्रबाट खरिदका लागि चिकित्सकले परामर्श दिने गरेको उहाँको भनाइ रहेको छ । जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई मात्रै बाह्य क्षेत्रमा उपचारका लागि रिफर गरिन्छ । स्वास्थ्यचौकीमा इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा उपलब्ध छ ।

योसँगै चौबिस घण्टे प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, एन्टी रेबिज भ्याक्सिन सेवा, चिकित्सकीय सेवा, ग्रामीण अल्ट्रासाउण्ड सेवा, एम्बुलेन्स सेवा, क्षयरोग, कुष्ठरोगलगायतका महामारी नियन्त्रण तथा रोकथाम सेवा र दैनिक बिरामी जाँच सेवा उपलब्ध रहेको छ । रासस

सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.