• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

क्यान्सर बिरामीको ‘भरोसा’ सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

  •  सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित

नेपालगञ्ज । मुठी दान गरेर संघीय अस्पतालका रूपमा स्थापना भएको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका क्यान्सर प्रभावित बिरामीका लागि बरदान जस्तै बनेको छ । यो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै एक मात्र क्यान्सर अस्पताल हो । यो अस्पताल क्यान्सरका बिरामीहरूको भरोसा बनेको छ ।

विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय सेवा दिइरहेको यस अस्पतालले क्यान्सर सम्बन्धि उपचारका लागि उपचारात्मक र निदानात्मक सेवा सञ्चालन गरिरहेको छ । वि.स. २०६५ माघमा धनधान्याञ्चल महायज्ञ सञ्चालन गरेर जनस्तरबाट यो अस्पतालको आधारशिला खडा गरिएको थियो । वि.सं.२०७३ साल फागुनमा अस्पताल स्थापना भयो । २०७४ असारदेखि यसले ओपिडी सेवा सुरु गरेको थियो । २०७७ मंसिरमा अपरेशन थिएटर र २०७९ माघमा आइसियु सेवा आरम्भ गरिएको थियो । यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरूको फोक्सो, स्तन, रक्त नली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मूत्र नली तथा पिसाब थैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

बाल क्यान्सरको उपचार सेवा पनि यो अस्पतालले दिइरहेको छ । क्यान्सरका सम्भावित बिरामीहरूको गन्तव्य अस्पताल र रेफरल सेन्टरका रुपमा समेत सुशील कोइराला क्यान्सर अस्पताल विकास भएको छ । केमोथेरापी, शल्य चिकित्सा, पाठेघरको भित्री सेकाई लगायतका सेवाहरू निरन्तर सञ्चालनमा रहेको अस्पतालका कार्यकारी निर्देशक डा। प्रकाश प्रसाद साहले जानकारी दिनुभयो । सुरुवाती चरणमा सीमित सेवाबाट सुरु गरिएको अस्पताल अहिले विस्तारित अवस्थामा प्रवेश गर्ने क्रममा छ । पश्चिम नेपालकै एक मात्र पोजिटिभ प्रेसर आइसियु, चौबिसै घण्टा सञ्चालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवा सहितको सेवा अस्पतालबाट प्रवाह भइरहेको छ ।

सिटी स्क्यान, मेमोग्राफी जस्ता केही अत्यावश्यक उपकरणहरू बन्द हुँदा बिरामीलाई भने केही समस्या परेको छ । तर, ती समस्या तत्काल सम्बोधनको अवस्थामा छन् । गत चैत १८ गते अस्पतालको रेडियोलोजी भवनमा आगलागी हुँदा सिटी स्क्यान र मेमोग्राफीको वायरिङ जलेर नष्ट हुनुका साथै अन्य विद्युतीय उपकरणमा ठूलो क्षति भएको थियो । आगलागीबाट भिडियो एक्स–रे र एक्स–रे मेसिनमा समेत क्षति पुगेको थियो । मर्मत सम्भार गरेर भिडियो एक्स–रे र एक्स–रे सञ्चालनमा आए पनि विद्युतीय उपकरण जडानमा समय लागेकाले सिटी स्क्यान र मेमोग्राफी सेवा भने नियमित गराउन केही समय लाग्ने देखिएको छ । विद्युतीय उपकरण खरिदका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा। साहले बताउनुभयो ।

२०७३ सालमा स्थानीय वासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरे पनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक तथा कर्मचारीबाट अस्पताल सञ्चालन हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताउनुभयो । बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनुपर्ने, अस्पतालको वार्डहरू सञ्चालन गर्न थप भवन तथा चिकित्सक र कर्मचारीको आवासका लागि अर्को भवन अति आवश्यक रहेको मल्लको भनाई छ । अस्पताललाई आवश्यक पर्ने जनशक्तिको दरबन्दी स्वीकृतिका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले माग गर्दै आए पनि सम्बोधन हुन नसकेको उहाँको भनाई छ ।

सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.