• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य तथा विद्यालय भवन निर्माण गरिँदै

  •  शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

काँक्रेविहार (सुर्खेत) । गत वर्षको कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका सरकारी संरचना प्रदेश सरकारले निर्माणको थालनी गर्ने भएको छ ।

जाजरकोट, रुकुमपश्चिम र सल्यानका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सरकारले यी भौतिक संरचना निर्माण गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो ।

विद्यालयको हकमा अधिकतम रु ७५ लाख र स्वास्थ्य संस्थाको हकमा रु ५० लाखको संरचना निर्माण गर्ने योजना मन्त्रालयको छ । जाजरकोटमा रु २५ करोड विनियोजन गरिएको छभने रुकुमपश्चिममा रु २२ करोड र सल्यानमा रु तीन करोड छुट्याएको छ । जाजरकोटमा छवटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

रुकुमपश्चिममा दुईवटा पूर्ण र २२ आंशिक गरी २४ वटामा क्षति भएको छ । सल्यानमा तीनवटा पूर्ण क्षतिसहित तीनै जिल्लाका ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जाजरकोटमा एक सय ४३ र रुकुमपश्चिममा ४० वटा विद्यालय पूर्ण रूपमा क्षति भएको छ । जाजरकोटमा आंशिक क्षति भएका विद्यालयको सङ्ख्या दुई सय छ र रुकुमपश्चिममा दुई सय १३ रहेका छन् । यी क्षति भएका संरचना निर्माण गर्न जिल्लाबाट सिफासि भएर आएकालाई निर्माणको व्यवस्था मिलाइएको छ ।

प्रदेश सरकारले भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ पनि स्वीकृत गरेर दोस्रो चौमासिक लागेसँगै काममा जुटेको भौतिक पूर्वाधार तथा सहरी विकास विकासमन्त्रीका सूचना प्राविधि सहायक टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

त्रिपाल र टेन्टमा वर्ष दिनदेखि विद्यार्थी तथा स्वास्थ्यकर्मी काम गरिरहेकाले हैरान हुँदै आएका छन् । भवन अभाव हुँदा नियमित पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा बाधा सिर्जना भएको, जिल्ला विपद् व्यवस्थापन समितिले पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान गरेको विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सम्बन्धित जिल्लाबाट छनोट भई आएकालाई मन्त्रालयले प्राथमिकताका आधारमा निर्माण गर्ने जनाएको छ ।

आयोजना छनोट गर्दा चालु आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिनेमात्र छनोट गर्नुपर्ने र संशोधन गर्न नपाइने नियम बनाएको छ । प्रदेशको भौतिक मन्त्रालय, समिति, सम्बन्धित स्थानीय तह, सम्बन्धित विद्यालय व्यवस्थापन समिति र कार्यालयले अनुगमन गर्नेछन् ।

आयोजना निर्माण सम्पन्नपछि विद्यालयको भवन सम्बन्धित स्थानीय तहको रोहवरमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई र स्वास्थ्य संस्थाको भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण हुनेछ । भौतिक संरचना निर्माण गर्न जाजरकोटमा र सल्यानमा सङ्ख्या निर्धारण गरेर मन्त्रीस्तरीय निर्णय भइसकेको छभने रुकुमपश्चिममा भने बाँकी छ । विनियोजित रकमबाट जति काम हुन्छ , सोही मात्रामा मात्र भौतिक संरचना निर्माण हुनेछन् ।

सल्यानको दार्मा गाउँपालिकामा दुईवटा विद्यालय, सिद्धकुमाखमा एक, शारदा नगरपालिकामा एक विद्यालय निर्माण गर्न छनोट गरिएको छ । त्यस्तै, कुमाख गाउँपालिकामा एक स्वास्थ्य संस्था, बागचौर गाउँपालिकामा एकवटा स्वास्थ्य संस्था निर्माण गर्न पत्राचार गरिएको छ ।

जाजरकोटको बारेकोटमा पाँचवटा विद्यालय, नलगाड नगरपालिकामा चारवटा विद्यालय, भेरी नगरपालिकामा तीनवटा, छेडागाड नगरपालिकामा चारवटा, कुशे गाउँपालिका, शिवालयमा र जुनिचाँदेमा पाँच–पाँचवटा विद्यालय निर्माण गर्न पत्राचार गरिएको छ ।

स्वास्थ्य चौकीमा बारेकोटमा दुई, नलगाडमा दुई, भेरीमा दुई, छेडागाडमा तीन र जुनिचाँदेमा दुईवटा निर्माण हुनेछन् । रुकुमपश्चिमका संरचना निर्माण गर्ने विषयमा भने निर्णय हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो । रासस

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.