• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै

  •  बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित

मान्म (कालीकोट) । जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा रु ६९ लाख ५३ हजार चार सय ९८ को लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (वर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छायाँ नेपाल र शुभकालिका गाउँपालिकाको संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो ।

छायाँ नेपालको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ । भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुँदै आएकाले सहज उपचार सुविधा दिने उद्देश्यले आधुनिक भवन निर्माण गरी २४ घण्टा प्रसूति सेवा दिने गाउँपालिकाका गोविन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

“प्रसूति सेवा केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले आधुनिक भवन निर्माण गर्न लागिएको हा”, उहाँले भन्नुभयो, “विकट क्षेत्रका महिलालाई सुरक्षित प्रजनन सेवा दिने पालिकाको पहिलो प्राथमिकता छ ।”

दुर्गम तथा विकट क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेका स्थानमा छायाँ संस्थाले केन्द्र निर्माण गर्दै आएको संस्थाका कार्यकारी निर्देशक कमल थापाले बताउनुभयो । “सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्न लामो समयदेखि स्थानीय तहसँग समन्वय गरी केन्द्र स्थापना गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कसैले पनि असुरक्षित प्रसूतिका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम तथा विकट क्षेत्रमा अभियानका रूपमा केन्द्र स्थापना थालेका हौँ ।”

अहिले शुभकालिका–३ भर्तामा सोही अभियानअन्तर्गत प्रसूति सेवा केन्द्र स्थापना गर्न पालिकासँग समन्वय गरिएको निर्देशक थापाले जानकारी दिनुभयो । केन्द्रमा दक्ष जनशक्ति खटाइने भन्दै आवश्यक अन्य व्यवस्थापन गाउँपालिकाले गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

भवन पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिनुभयो । “गाउँपालिका र छायाँको संयुक्त साझेदारीमा बन्ने केन्द्र पाँच महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । एउटा फार्मेसी, प्रस्तुति कक्ष, कर्मचारी आवाससहितको भवन बन्नेछ”, उहाँले भन्नुभयो, “विकट बस्तीका सुत्केरी तथा गर्भवतीको सहजताका लागि केन्द्र स्थापना गर्न लागिएको हो ।”

केन्द्रको भवन निर्माण गर्न आवश्यक जग्गा स्थानीय समाजसेवी नन्दबहादुर शाहीले निःशुल्क रूपमा उपलब्ध गराउनु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । रासस

बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.