• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

शीतलहर तथा बाक्लो हुस्सुबाट जनजीवन प्रभावित

  •  शनिबार, माघ १२, २०८१ मा प्रकाशित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको जनजीवन शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएको छ । बिहानै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा, विपन्न परिवार शीतलहर र बाक्लो हुस्सुबाट प्रभावित भएका छन् ।

शीतलहर चल्ने क्रमसँगै निकै चिसो बढेपछि विद्यालय जाने बालबालिकामा ज्वरो, टाउको दुख्न, पेट दुख्नेलगायतका समस्या देखा पर्न थालेको छ । वृद्धवृद्धामा श्वासप्रश्वासको समस्या देखा परेको छ । आर्थिक रुपमा विपन्न परिवार र विभिन्न शिविरमा झोपडी बनाएर बस्दै आएका सुकुम्वासी, भूमिहीन परिवार ओढ्ने बिछ्याउने न्यानो कपडाको अभावमा चिसो सहेर बस्न बाध्य छन् ।

कठ्याङ्ग्रिँदो चिसोका कारण मजदुरी गर्नमा पनि ती परिवारले कठिनाइको सामना गर्नुपरिरहेको छ । वनहरा शिविरमा बस्दै आएका मानध्वज लुहार चिसोका कारण बाह्य क्षेत्रमा हिँडडुल गर्न अप्ठेरो परेको बताउनुहुन्छ । वर्षौं पहिले दातृ निकायले दिएको प्लाष्टिकको त्रिपालबाट शीतको थोपा चुहिँदा झोपडीभित्रका ओढ्ने बिछ्याउने कपडा निथ्रुक्क भिज्ने गरेकाले आगो बालेर न्यानो गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

“शिविरमा बस्दै आएका धेरै परिवारसँग न्यानो ओढ्ने बिछ्याउने कपडा नहुँदा आगो नै एकमात्रै सहारा बनेको छ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था दयनीय हुँदा किन्ने क्षमता छैन, अरु वर्ष दातृ निकायले दिन्थे दुई वर्षदेखि कोही पनि सहयोग गर्न शिविर छिरेका छैनन् ।” बिहानीपखको समयमा महाकाली नदीबाट नदीजन्य पदार्थ ट्र्याक्टरमा ढुवानी गर्दै आएका मनोज चौधरीले बाक्लो हुस्सुका कारण सडकमा देख्नका लागि मुस्किल हुन थालेपछि दिउँसोपख मात्रै काममा जाने गरेको बताउनुभयो ।

“बाक्लो हुस्सु लाग्छ”, चौधरीले भन्नुभयो, “सडकमा देख्न नै मुस्किल हुन थालेकाले दुर्घटनाको डरले दिउँसोपख मात्रै ट्र्याक्टर चलाउनुपरेको छ ।” शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारीबालीमा डडुवा रोगको सङ्क्रमण देखिएको छ । रोगको सङ्क्रमणले सबैभन्दा बढी आलुबालीमा क्षति पु¥याउन थालेको स्थानीय किसानको भनाइ छ ।

चिसोका कारण स्वास्थ्य संस्थामा विगतको तुलनामा बिरामीको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले बताउनुभयो । रुघाखोकी, ज्वरो, स्वासप्रश्वासका बिरामी बढी स्वास्थ्य चौकी पुग्ने गरेको उहाँँको भनाइ छ । दिउँसो १२ बजेपछि कुनै दिन घाम लाग्ने गरे पनि अधिकांश समय शीतलहर र हुस्सु लाग्ने गरेको छ । बिहानीको समय र साँझको समय भने निकै चिसो हुने गरेको छ । रासस

शनिबार, माघ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.