• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

  •  आइतबार, माघ १३, २०८१ मा प्रकाशित

बाजुरा । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।

जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका सात हजार आठ सय ९४ किशोरीलाई यही माघ २२ गतेदेखि चार नगरपालिका र पाँच गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।

शनिबार जिल्ला खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नौ वटै पालिकामा पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने तयारी भइरहेको खड्काले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियानमा विद्यालय जाने सात हजार आठ सय ६० र विद्यालय नजाने ३४ किशोरीलाई खोप लगाइने छ । स्थानीय तहका एक सय १८ विद्यालय, ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने बताउँदै प्रमुख खड्काले अभियानमा दुई सय १० स्वास्थ्यकर्मी र चार सय १८ स्वयम्सेवक खटिने जानकारी दिनुभयो ।

देशभर एचपिभीे खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभरी एकै साथ सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइए पनि बाजुरामा भने सतप्रतिशत पुर्‍याउने लक्ष्य राखिएको निमित्त स्वास्थ्य कार्यालय प्रमुख खड्काले उल्लेख गर्नुभयो । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताउनुभयो । किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले खोप अभियानलाई सफल बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने भन्दै अभिभावकलाई आफ्ना छोरीलाई खोप लगाउन सम्बन्धित केन्द्रमा पठाउन आग्रह गर्नुभयो । उहाँले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरण गरिएको छ । रासस

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.