• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

घरआँगनमै घुम्ती सेवा

  •  आइतबार, माघ २७, २०८१ मा प्रकाशित

महोत्तरी । “कई दिन स सोचैछली जे डाग्डरबाबुके देखायब, आ दबाबिरो करायब (कति दिनदेखि चिकित्सकलाई देखाएर औषधिमुलो गरौँ भन्ने सोच्दै थिए)” मटिहानी–४ बरदाहाको दलित बस्तीका ८० वर्षीय परीक्षण महराले भन्नुभयो, “आई डाक्डरबाबु अपने आयबक दबा देलैथ, आब शरीरक दर्द स आराम मिलवाक विश्वास बनल (आज त चिकित्सक आफैँ घरआँगनमै आएर जाँच गरी औषधि दिनुभयो, अब शरीर दुख्ने पीडा कम होला भन्ने विश्वास छ) ।”

मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविरमा नगर कार्यपालिका कार्यालयको आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरी औषधि दिएपछि महरा अब शरीरको दुखाइ निको हुने विश्वासमा हुनुहुन्छ ।

यसैगरी, सो बस्तीकै ७० वर्षीय नाजिर नदाफले नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गराई औषधि लिनुभयो । आफ्नै बस्तीमा पाएको उपचार सेवाले नदाफलाई आपूmलाई पर्दा हेर्ने ठाउँ रहेछन् भन्ने परेको छ ।

मटिहानीमा जारी एकीकृत घुम्ती सेवा शिविरमा सेवाग्राहीको उत्साहजनक सहभागिता छ । मटिहानी नगर कार्यपालिकाको कार्यालयका विभिन्न शाखा र वडा कार्यालयबाट सम्पादन हुने सबै सेवा समेटिएको यो शिविरमा तीन दिनमा तीन हजार दुई सय ९२ सेवाग्राहीले घरआँगनमै सेवा लिए । आफ्नै बस्तीमा अत्यावश्यक सेवा पाएपछि अहिले मटिहानीवासी दङ्ग छन् । नगर कार्यपालिकाको कार्यालयले मटिहानी–१ धिरापुरबाट बुधबार सुरु गरेको एकीकृत घुम्ती सेवा शिविरमा सर्वसाधारण आ–आफ्ना सरोकारका शाखाबाट सेवा लिइरहेका छन् ।

मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामा वडास्तरीय छनोट भएका योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि आवेदन सङ्कलन, निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालेको छ । यसैगरी घुम्ती सेवामा कृषिसम्बन्धी परामर्श, माटो परीक्षण, कृषि विद्युत् मिटर सिफारिस र तरकारीको बीउ सर्वसाधारणले पाएका छन् । यस्तै घुम्ती सेवामा घरपालुवा पशुवस्तुको स्वास्थ्य जाँच, गोबर परीक्षण र औषधि वितरण, पशुपक्षी पालनसम्बन्धी परामर्श, राजस्व असुली, स्वास्थ्य बिमा र वडाबाट दिइने व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम दिइँदै छ । यी सबै काम बस्तीमै आएर दिँदा आपूmको कैयौँ दिनको दौडधुप र आवतजावतमा हुने खर्च बचेको नगरवासीले प्रतिक्रिया दिएका छन् ।

शिविरमा मटिहानी–३ की समिला खातुनले आफ्नै आँगनमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनुभयो । “कैयौँ दिनदेखि सोच्दै थिएँ, कार्यालय जाउँला ज्येष्ठ नागरिक परिचयपत्र बनाउन, घरगृहस्थीको कामले भ्याएकी थिइनँ, अहिले त घरमै टोली आएर कागज प्रमाण सबै दिए”, उहाँले भन्नुभयो, “घुम्ती सेवाले गरिबलाई निकै राहत भयो ।”

समिलाजस्तै सो वस्तीका रामभरोस मुखियाले पनि आफ्नै आँगनमा स्वास्थ्य बिमा गराउनुभयो । “कहीँ जान परेन, आफ्नै घरआँगन आइपुगेको घुम्ती टोलीले सबै काम गरिदियो”, उहाँले भन्नुभयो । मटिहानी–४ बरदाहाकी ७० वर्षीया सुरुजकलादेवीले गाईको उपचार गराउनुभयो । “गायके गोबर आ जरबुखार सब जचागेल, आ दबाइयो मिलल (गाईको गोबर र ज्वरो जाँच भयो, औषधि पनि पाएँ)”, उहाँले भन्नुभयो, “न ढेउवा लागल, न कहुँ जाएके परेसानी भेल (न पैसा लाग्यो, न कहीँ जाने परेसानी नै भयो) ।”

घरआँगनमै ज्येष्ठ नागरिक परिचयपत्र बनाएकी मटिहानी–४ कै ७० वर्षीया लक्ष्मीनियाँ देवीले यो परिचयपत्रबाट अरु धेरै सहुलियत पाउने बताउनुभयो । शिविरमा प्रवाह भइरहेका सेवाबारे जानकारी लिन मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी पनि पुग्नुभयो । “सर्वसाधारणले सहजै सेवा पाएको देखियो, यो सेवाले आम जनतामा सरकार आफ्नो घरआँगनमा आएको अनुभूति दिएको छ,” मन्त्री तिवारी भन्नुहुन्छ, “यसले सकारात्मक सन्देश दिएको छ ।” रासस

आइतबार, माघ २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.