• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

पिपलाडी स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन

  •  सोमबार, फागुन १२, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाइएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउँदै आएका छन । बर्थिङ सेन्टर चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको छ ।

सुत्केरी हुने र शिशुको स्वास्थ्यलाई ध्यानमा राखि सरसफाइमा विशेष ध्यान दिइने गरिएको स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले बताउनुभयो । भर्खरै जन्मेका शिशुलाई चिसोबाट जोगाउनका लागि ‘बेबी वार्मर’ मेसिन राखिएको छ । रु सात लाखपर्ने मेसिन सुदूरपश्चिम सरकारले स्वास्थ्य चौकीलाई प्रदान गरेको हो ।
शिशुलाई चिसो लाग्न नदिनका लागि मेसिनमा राख्ने गरिएको छ । “चिसोका कारण शिशुमा देखिने समस्या मेसिन राखेपछि हटेका छन्” स्वास्थ्य चौकी प्रमुख भट्टले भन्नुभयो, “बर्थिङ सेन्टरमा जन्मने शिशुको मृत्यु दर शून्य रहेको छ ।”सुत्केरी हुने र कुरुवाका लागि हिटर बाल्ने व्यवस्था बर्थिङ सेन्टरमा गरिएको छ । गर्मीका बेला बर्थिङ सेन्टरमा गर्मी हुन नदिनका लागि दुई एसी जडान गरिएका छन ।

नवजात शिशु र सुत्केरी हुने आमालाई बथिङ सेन्टरबाटै एक जोर न्यानो लुगा दिने व्यवस्था मिलाइएको छ । सेन्टरमा सुरक्षित रुपमा दैनिक दुईदेखि तीन जनासम्म आमाहरु सुत्केरी हुनका लागि पुग्ने गरेका छन । दुर्गम गाउँमा सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै सुत्केरी हुनेको सङख्या शून्य रहेको स्वास्थ्य चौकी प्रमुख भट्ट बताउनुहुन्छ ।

गर्भजाँच गर्नका लागि स्वास्थ्यचौकीमै अल्ट्रा साउण्ड मेसिनको पनि व्यवस्था रहेको छ । बर्थिङ सेन्टर सञ्चालन भएको भवन पुरानो भएकाले रङरोगनसँगै मर्मत सम्भारको कार्य गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिनका लागि नगरपालिकासँग माग गरिएको उहाँले बताउनु भयो ।

“गर्भवती तोकिएको समयभित्रै स्वास्थ्य चौकी पुगेर गर्भ चेकजाँच गराउ छन्” उहाँले भन्नुभयो, “सुत्केरी हुनका लागि बर्थिङ सेन्टरमै आइपुग्दछन् ।” पहिला बर्थिङ सेन्टर सुविधा सम्पन्न नहुँदा सुत्केरी हुनका लागि गर्भवती आमाहरु टाढाको महेन्द्रनगर र धनगढीस्थित अस्पतालसम्म पुग्ने गर्दथे ।

अहिले दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीसँगै सेवा सुविधा थपेपछि सुत्केरी हुने आमा बर्थिङ सेन्टरमै आउने गरेको उहाँ बताउनुहुन्छ । जटिल प्रकारको शल्यक्रिया गर्नुपर्ने अवस्थाका सुत्केरी हुने महिलालाई मात्रै बाह्य क्षेत्रमा सुत्केरी हुनका लागि परामर्श दिएर पठाउने गरेको उहाँले बताउनुभयो ।

बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीले सुत्केरी हुने आमालाई शिशुलाई दूध चुसाउने तरिका, सुत्केरी हुने आमालाई पोषिलो खाने कुरा खानका लागि सल्लाह दिने कार्य पनि हुने गरेको छ । बर्थिङ सेन्टरमा सुरक्षित रुपमा सुत्केरी हुने आमालाई सरकारी तवरबाट उपलव्ध गराइने यातायात खर्च र नियमति गर्भजाँच गराए बापतको प्रोत्साहन रकम उपलव्ध गराइँदै आएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

बर्थिङ सेन्टरमा नवजात शिशुलाई जन्म दिएका सङ्गीता चौधरीले स्वास्थ्यकर्मीको सौहार्दपूर्ण व्यवहारसँगै आमा र शिशुलाई चिसो हुनबाट जोगाउनका लागि गरिएको व्यवस्था सन्तोषजनक रहेको बताउनुभयो । नगर उपप्रमुख कल्पना पन्त स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा सुरक्षित रुपमा शिशु जन्माउने आमालाई ध्यू, अण्डालगायतका सामग्री प्रत्येक वर्ष निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको बताउनुहुन्छ ।

बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाउनका लागि योजनावद्ध रुपमा कार्य अगाडि बढाउँदै लैजाने उहाँको भनाइ छ । नगरपालिकाका चार स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन । रासस

सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.