• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २१ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

जिल्ला अस्पतालमा उपचार सम्भव भएसँगै पाँच प्रतिशत बिरामी मात्र अन्यत्र ‘रेफर’

  •  आइतबार, फागुन १८, २०८१ मा प्रकाशित

रसुवा । जिल्ला अस्पताल, धुन्चेमा पर्याप्त औषधि र चिकित्सकको व्यवस्था भएसँगै थप उपचारका लागि जिल्लाबाहिर बिरामी पठाउने दर करिब ९५ प्रतिशतले कमी आएको छ ।

जिल्लास्थित अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था भएकाले उपचारका क्रममा आउने गम्भीर प्रकृतिको बिरामीको समेत उपचार सम्भव भएपछि अन्यत्र ‘रेफर’ गर्ने दर ह्वात्तै घटी पाँच प्रतिशतमा झरेको रसुवा जिल्ला अस्पतालले स्पष्ट गरेको छ ।

यसअघि दक्ष चिकित्सक र अत्यावश्यक औषधिको अभावमा बिरामीलाई दुखाइ कम गर्ने औषधि खुवाएर वा इन्जेक्सनमार्फत लठ्याएर बाहिरका अस्पतालमा पठाउनुपर्ने परिस्थितिमा उल्लेख्य सुधार भएको भनीे जिल्लावासी खुसी देखिन्छन् ।

जिल्ला अस्पतालका वरिष्ठ चिकित्सक डा अमितकुमार शाहका अनुसार स्रोतसाधनको अभावमा यसअघि अन्यत्र सिफारस गर्नुपर्ने बाध्यात्मक अवस्था भएकामा पछिल्लो समयमा नेपाल सरकारबाट प्राप्त जनशक्ति र औषधिको व्यवस्थासहित स्वास्थ्यकर्मीको अथक प्रयासबाट ९५ प्रतिशत बिरामीको उपचार स्थानीय अस्पतालमा सम्भव भएको हो ।

चालु आव २०८१÷८२ को साउनदेखि अहिलेसम्म अन्तरङ्ग सेवाअन्तर्गत जिल्ला अस्पतालमा उपचार गर्न आएका १६९ जनामध्ये अति जटिल प्रकिृतिका २८ बिरामीलाई भने थप उपचारका लागि अन्यत्रको अस्पतालमा लैजान भनी सिफारिस गरेको डा शाहले जानकारी दिनुभयो ।

‘नेक्स साइमन’ नामक गैह्रसरकारी संस्थाको सहयोगमा पछिल्लो डेढ वर्षमा ४३ जना गर्भवतीको सफलतापूर्वक शल्यक्रिया गरी अस्पतालमा बच्चा जन्मिएको दृष्टान्त प्रस्तुत गर्दै जिल्लास्थित नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले यसबाट मात्रृशिशु मृत्युदरमा कमी ल्याउन र प्रशव पीडा कम गर्न सहयोग पुगेको भनी खुसी व्यक्त गर्नुभयो ।

दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पतालले गत साउनदेखि अहिलेसम्म ४२३ ज्येष्ठ नागरिकसहित तीन हजार ७०० जनालाई बहिरङ्ग सेवा प्रदान गरेको जनाएको छ ।

सामान्यतया लेक लाग्ने, श्वासप्रश्वास एवं दम, गानुगोला, अपच, झाडापखाला, रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, सुगर, जन्डिस, पिनास, घाउखटिरा, टाइफाइड, मुटुलगायत समस्याबाट पीडित व्यक्ति उपचारका लागि आउने गरेको सो अस्पतालको अभिलेखमा उल्लेख छ । अहिले रसुवा जिल्ला अस्पतालमा आठजना चिकित्सक र ३८ जना प्राविधिक जनशक्ति कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । रासस

आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.