• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जुम्लाका तीसवटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू

  •  मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

जुम्ला । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ । ‘अनलाइन’ अभिलेख राख्न मिल्ने गरी जिल्लाका आठवटा स्थानीय तहका ३० वटा स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाका ६० वडामध्ये सिञ्जा गाउँपालिकाका छवटै वडामा ‘इन्टरनेट’ सेवाको पहुँच पुगेपछि पालिकाका सबै स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना ‘रेकर्डिङ’ तथा ‘रिपोर्टिङ’ प्रणालीको सफ्टवेयर जोडेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ । उक्त उपकरण व्यवस्थापन एवं स्वास्थ्यकर्मीलाई तालिमका लागि भनेर कर्णाली प्रदेश सरकारको करिब पाँच लाख बजेट खर्च भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

स्वास्थ्य सेवाको सम्पूर्ण विवरणलगायत दैनिक प्रवाह गरिने तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पालिकाका छवटै वडाका स्वास्थ्य संस्थामा बिद्युतीय स्वास्थ्य सूचना प्रणालीको ‘सफ्टवेयर’बाट जानकारी लिने व्यवस्था गरिएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।

अनलाइन माध्यमद्वारा रेकर्डिङ र रिपोर्टिङको काम भइरहेको छ । स्वास्थ्य शाखाका प्रमुख रोकायाले भन्नुभयो, “सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्य चौकी र तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरी सञ्चालनमा आएको छ । बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहने छ । सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो कार्य गरिएको हो ।”

ल्यापटप, इन्टरनेटलगायतका सञ्चार उपकरण र प्रविधिका लागि पालिकाको करिब रु १० लाख बजेट खर्च भएको छ । स्वास्थ्य संस्थाको अभिलेखलाई ‘डिजिटलाइजेसन’ गर्नका लागि पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान भइसकेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यो सफ्टवेयरले संस्थामा अनलाइन अभिलेख पूर्ण रुपमा लागू गर्न सहज भएको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीले जनाएको छ ।

एउटै सेवाग्रहीको नामसहितको विवरण स्वास्थ्य संस्थामा पटकपटक दर्ता गरिरहन नपर्ने, मूल दर्तामा अभिलेखीकरण भइसकेपछि सेवाग्राहीको विवरण पुनः उल्लेख गर्न नपर्ने, खोप लगाउने बालबालिकाहरुको विवरणसमेत अनलाइन प्रणालीबाट नै सूचीकृत गर्न मिल्ने र अनलाइन प्लेटफर्म भएकाले पालिका, जिल्ला तथा प्रदेशमा बसेर पनि सजिलैसँग तथ्याङ्कको विश्लेषण गर्न सकिने भएकाले विद्युतीय स्वास्थ्य सूचना प्रणाली उपयोगी हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले स्पष्ट गरेको छ । रासस

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.