• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

जुम्लाका तीसवटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू

  •  मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

जुम्ला । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ । ‘अनलाइन’ अभिलेख राख्न मिल्ने गरी जिल्लाका आठवटा स्थानीय तहका ३० वटा स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाका ६० वडामध्ये सिञ्जा गाउँपालिकाका छवटै वडामा ‘इन्टरनेट’ सेवाको पहुँच पुगेपछि पालिकाका सबै स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना ‘रेकर्डिङ’ तथा ‘रिपोर्टिङ’ प्रणालीको सफ्टवेयर जोडेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ । उक्त उपकरण व्यवस्थापन एवं स्वास्थ्यकर्मीलाई तालिमका लागि भनेर कर्णाली प्रदेश सरकारको करिब पाँच लाख बजेट खर्च भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

स्वास्थ्य सेवाको सम्पूर्ण विवरणलगायत दैनिक प्रवाह गरिने तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पालिकाका छवटै वडाका स्वास्थ्य संस्थामा बिद्युतीय स्वास्थ्य सूचना प्रणालीको ‘सफ्टवेयर’बाट जानकारी लिने व्यवस्था गरिएको सिञ्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।

अनलाइन माध्यमद्वारा रेकर्डिङ र रिपोर्टिङको काम भइरहेको छ । स्वास्थ्य शाखाका प्रमुख रोकायाले भन्नुभयो, “सिञ्जा गाउँपालिकाका तीनवटा स्वास्थ्य चौकी र तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरी सञ्चालनमा आएको छ । बिरामी र स्वास्थ्य परीक्षण गर्नेहरुको एकीकृत अभिलेख रहने छ । सरकारले नीति तथा कार्यक्रममार्फत यस्तो कार्य गरिएको हो ।”

ल्यापटप, इन्टरनेटलगायतका सञ्चार उपकरण र प्रविधिका लागि पालिकाको करिब रु १० लाख बजेट खर्च भएको छ । स्वास्थ्य संस्थाको अभिलेखलाई ‘डिजिटलाइजेसन’ गर्नका लागि पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान भइसकेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा यो सफ्टवेयरले संस्थामा अनलाइन अभिलेख पूर्ण रुपमा लागू गर्न सहज भएको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीले जनाएको छ ।

एउटै सेवाग्रहीको नामसहितको विवरण स्वास्थ्य संस्थामा पटकपटक दर्ता गरिरहन नपर्ने, मूल दर्तामा अभिलेखीकरण भइसकेपछि सेवाग्राहीको विवरण पुनः उल्लेख गर्न नपर्ने, खोप लगाउने बालबालिकाहरुको विवरणसमेत अनलाइन प्रणालीबाट नै सूचीकृत गर्न मिल्ने र अनलाइन प्लेटफर्म भएकाले पालिका, जिल्ला तथा प्रदेशमा बसेर पनि सजिलैसँग तथ्याङ्कको विश्लेषण गर्न सकिने भएकाले विद्युतीय स्वास्थ्य सूचना प्रणाली उपयोगी हुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले स्पष्ट गरेको छ । रासस

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.