• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

काभ्रेपलान्चोकको शिविरबाट ४०० जना लाभान्वित

  •  बुधबार, फागुन २८, २०८१ मा प्रकाशित

काभ्रेपलान्चोक । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड काठमाडौंको औषधी सौजन्यमा लायन्स इन्टरनेसनल ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटी, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाज तथा काभ्रेली सेवा समाज बेल्जियमको संयुक्त आयोजनामा पाँचखाल नगरपालिका-१३, कोशीदेखा, काभ्रेपलान्चोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सतिशकुमार शाह र वीर अस्पतालका जनरल फिजिसियन डा.सरोजकुमार शाहको मेडिकल टिममा सञ्चालित सो कार्यक्रममा करिब ४०० जना काभ्रेली जनताले प्रत्यक्ष लाभ लिएको इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष दिनेश उप्रेतीले जानकारी दिनुभयो ।

उक्त शिविरमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले करीब ४ लाख बराबरको औषधि सौजन्य गरेकोबारे लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीका अध्यक्ष राजिन पनेरूले जानकारी दिनुभयो। कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष पनेरुले गाउँघरमा रहेका अशक्त एवम् वृद्धवृद्धाहरूलाई लक्षित गरी गरिएको स्वास्थ्य शिविरले सो वर्गले प्रत्यक्ष राहत प्राप्त गरेको र यस किसिमको कार्यमा सबै निकाय लाग्नुपर्ने बताउनुभयो ।

मुटु र मधुमेह रोगलाई लक्षित गरी गरिएको कार्यक्रममा सेवा लिन आएका बिरामीहरू मध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भयका विरामी देखा परेको मुटुरोग विशेषज्ञ डा.सतिशकुमार शाहले बताउनु भयो ।

कार्यक्रममा वडा नं. १३ का वडाध्यक्ष सुकवीर तामाङले राज्यले गर्न नसकेको कामलाई स्वास्थ्य क्षेत्रमा पहिलो पटक आइपिओ ल्याएर जनतालाई लगानी गर्ने सुवअसर प्रदान गर्ने ओम मेगाश्री, लायन्स र काभ्रेपलान्चोक सेवा समाजले गरिदिएर सयौँ काभ्रेली जनतालाई गुन लगाएको बताउनुभयो । ‘घरआँगनमै उच्च प्रविधियुक्त सामग्रीका माध्मबाट मुटु परीक्षण गर्न पाएँ; सबैलाई धेरै धन्यवाद’ उहाँले भन्नुभयो । शिविरले विशेष गरी सहरी पहुँचबाट टाढा रहेका, आर्थिक रूपमा विपन्न जेष्ठ नागरिक एवम् अशक्त समुदायलाई राहत पुगेको जोन चियेर पर्सन लायन गोपालप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका उपाध्यक्ष जेनकुमार वाइबा, कोषाध्यक्ष यमप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक लायन टिकाराम भट्ट, लायन दीपक पनेरू, लायन दीपेन्द्र बास्तोला, ओम मेगाश्री फर्मास्युटिकल्सका प्रकुमेन्टस् डाइरेक्टर प्रगति पौडेल, काभ्रे समाज सेवा नेपालका अध्यक्ष प्रह्लाद के.सी. एवम् पूर्व सचिव रामशरण रेग्मी, पाँचखाल चेम्बर अफ कमर्सका कार्यकारी अधिकृत नवीनप्रकाश निरौला, श्री राम मा.वि.का प्रधानाध्यापक नवराज न्यौपाने, समाजसेवी राजेन्द्र लुइटेल, केशव शिवाकोटी र पालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु गौतमलगायतको उपस्थिति रहेको थियो ।

बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.