• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर उपचारमा सघाउन अन्तरराष्ट्रिय कार्यशाला

  •  शनिबार, चैत ०२, २०८१ मा प्रकाशित

चितवन । चितवनमा क्यान्सर रोगसँग सम्बन्धित अन्तरराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । चार दिनसम्म चल्ने कार्यशालामा सैद्धान्तिक र प्रयोगात्मक सीप प्रदान गरिने जनाइएको छ ।

क्यान्सर रोगको उपचारमा एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी)का विषयमा सीप र ज्ञान प्रदान गरिनेछ । उक्त प्रविधिबाट मस्तिष्क, कलेजो, फोक्सोमा भएको क्यान्सरको बिना शल्यक्रिया रेडिएसनका माध्यमबाट गर्न सकिने जनाइएको छ ।

विभिन्न देशका विज्ञ सहभागी कार्यशालामा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टहरुले अनुभव र सीप आदानप्रदान गरेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा रेडिएसनका लागि आवश्यक उपकरण भएर पनि यो किमिसमको प्रविधि प्रयोग गर्ने जनशक्ति उपयुक्त तालिम अभावमा प्रयोगमा ल्याउन कठिन भएको थियो । कार्यशालाले नयाँ प्रविधिबाट क्यान्सरको उपचार प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियो थेरापी विभागका विभागीय प्रमुख डा रञ्जनभक्त भण्डारीका अनुसार क्लिनिकल इम्प्लिमेन्टेसन अफ एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी), एसआरटी (स्टेरियोट्याक्टिक रेडिएसन थेरापी) र एसबिआरटी (स्टेरियोट्याक्टिक बडी रेडिएसन थेरापी) का विषयमा मेडिकल फिजिसिस्ट र रेडिएसन अङ्कोलोजिष्टबीच अनुभव साटासाट र विज्ञहरुबाट प्रशिक्षण दिइएको हो ।

कार्यशालाले नेपालको चिकित्सक स्वास्थ्यकर्मी लाभान्वित हुने भन्दै उहाँले नेपाल विभिन्न क्यान्सर अस्पतालबाट सहभागीहरु आएको उल्लेख गर्नुभयो । ह्याण्ड अन वर्कसप (कार्यशाला) नाम दिइएको तालिम साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) ले आयोजना गरेको हो ।

अस्पतालका मेडिकल फिजिसिस्ट सुरेश पौडेलले भन्नुभयो, “यो कार्यशाला युरोपियन स्तरको हो, सोहीअनुसारको मान्यता प्राप्त छ ।” आफूहरुले सिकेको सीप र दक्षतालाई प्रस्तुत गर्दै विदेशी विज्ञबाट थप अनुभव प्राप्त हुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “यो कार्यशालाले नेपालको क्यान्सर उपचार पद्धतिमा थप गुणस्तरीयता प्रदान गर्नेछ ।”

कार्यशालामा नेपालसहित जर्मनी, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, बङ्गलादेशलगायत देशबाट सहभागी र विज्ञहरु सहभागी हुनुभएको छ । कार्यशालामा ४२ जना सहभागी र सात जना विदेशी विज्ञ हुनुहुन्छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले नेपालमा मेडिकल फिजिसिस्टको सङ्ख्या अत्यन्त कम भएको चर्चा गर्दै यो खालको तालिम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपालको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसको शैक्षिक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा साउथ एसिया सेन्टर फर मेडिकल फिजिसिस्ट एण्ड क्यान्सर रिसर्च सेन्टर (एससीएमपिसिआर) का संस्थापक जर्मन नागरिक प्रा डा गोलम अबु जकरियाले कार्यशाला नेपालका लागि महत्वपूर्ण भएको भन्दै यहाँका चिकित्सक स्वास्थ्यकर्मीले नयाँ प्रविधिको ज्ञान पाएको बताउनुभयो ।

संस्थाका निर्देशक बङ्गलादेशी नागरिक हसिन अनुपमा अजारीले कार्यशालाले सहभागीबीचमा ज्ञान र सीपको आदानप्रदान गरेको बताउनुभयो । आफूहरुले आठौँ कार्यशाला नेपालमा गरेको भन्दै यसअघि विभिन्न देशमा यस्ता कार्यशाला गरिसकेको जानकारी दिनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल फिजिसिस्ट इञ्चार्ज सुरेन्द्रबहादुर चन्दले आफूहरुले एसआरएस (स्टेरियोट्याक्टिक रेडियो सर्जरी) सुरु गरेको भन्दै यो कार्यशालाले थप ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युरोपलगायतका देशमा कसरी यसको प्रयोग भइरहेको छ भन्ने कुरा सिकेर सोहीअनुसार प्रयोगमा ल्याउँछौँ ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले क्यान्सर उपचारको रेडिएसन (सेकाइमा) मेडिकल फिजिसिस्टको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले यो कार्यशालाले यहाँको उपचारलाई थप गुणस्तरीय र प्रभावकारी हुने बताउनुभयो । कार्यशाला आइतबार समापन हुनेछ । रासस

शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.