बागमती श्रेष्ठ
चितवन | भरतपुर महानगरपालिका वडा नं. १२ को आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.लि.भरतपुरको प्राबिधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी,स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रामप्रसाद सापकोटा,बालरोग विषेशज्ञ डा.किरण देवकोटा फिजिसियन डा.रिकेस सापकोटा सर्जन डा.दिपेश कुमार कुशवाहा ,नाक कान घाटी रोग विशेषज्ञ डा.लाल बहादुर गुरुङ, दन्तरोग विशेषज्ञ डा.बिवेक घिमिरे ,रेडियोलोजीष्ट डा.नरेन्द्र दराई र डा.ज्ञानेन्द्र तिमिल्सिना सहित १६ जना चिकित्सक संगै २० जना स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो ।
स्वास्थ्य शिविरमा मेडिसिन विभागले २०० जना,स्त्रीरोगको १२५ जना ,दन्तरोगको १०७ जना,नाक कान घाटीका ५५ जना, सर्जरीका २१, हाडजोर्नी नशाका १९, बालरोगका २५जनाले सेवा लिएका थिए , भने ४०० जना सेवाग्राहीलाई आबस्यकता अनुसार निशुल्क औषधि वितरण गरिएको पुष्पान्जली हस्पिटलका सामाजिक इकाई प्रमुख केदार प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
वरिष्ठ फिजिसियन तथा जनता संग अस्पतालका परिकल्पनाकार डा.भोजराज अधिकारीले अस्पतालको सामाजिक उत्तरदायित्व र रोग लाग्न नदिन हरेकले आफ्नो जन्मदिनमा आरोग्य चेकअप गर्न वानी पार्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री माननीय उत्तम जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व वडाध्यक्ष लेखराज हरि पन्तले गर्नु भयको हो ।
