मन्थली (रामेछाप) । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज नेपाल पत्रकार महासङ्घ रामेछामले स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
यसअघि चैत १७ गते परेको नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा तोकिएको कार्यक्रम पत्रकार सुरेश रजकको मृत्युपछि रोकिएको कार्यक्रम आज विश्व प्रेस स्वतन्तता दिवसका दिनमा परेर आयोजना गरिएको पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरेले बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा स्वस्थ्य परीक्षणको आयोजना गरिएको बताउनुुभयो ।
मन्थली नगर अस्पतालमा आयोजना गरिएको उक्त कार्यक्रमका अवसरमा मन्थली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिं धामीले नगर २५ शय्याको नगर अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँले दरबन्दी अनुसारका कर्मचारी नहुँदा र अस्पतालमा चिकित्सक लामो समयसम्म नटिक्दा सेवा प्रवाहमा कठिनाइ भइरहेको बताउनुभयो । रासस
