हाम्रो जस्तो विकासोन्मुख तथा गरीब देशमा जलनका विभिन्न घटनाहरु प्रायः भईरहेका हुन्छन । बिशेषगरी अशिक्षित, गरीबी र अन्ध विश्वासका कारण उनीहरु जलनको गम्भिर शिकार भइरहेका हुन्छन । जलन भन्ने बित्तिकै हाम्रो मनमा आगोले मात्र पोलेको जलेको घटना सम्झिन्छौं तर जलन विभिन्न कारणले हुन्छ जस्तै शरीरको कुनै अंगमा बिजुली करेन्ट लागेर, आगोले पोलेर, ग्यांँस पड्केर, तातो धातुका सामानले पोलेर तथा तातो दूध, पानी तेलले पोल्दा पनि जलन हुने गर्दछ । तर जलन कति गम्भिर प्रकृतिको यसको बारेमा जान्न भने चिकित्सककै सल्लाह आवश्यक हुन्छ ।
जलन हुने वित्तिकै बिरामीलाई त अत्यधिक पीडा हुने नै गर्छ तर यो देख्ने बित्तिकै हामी पनि उत्तिकै आत्तिने गछौं । कतिपय समुदायमा टमाटर, कांक्रो, घ्यू कुमारीले पोलेको ठाउंँमा दल्ने लगाउने तथा आईसले सेक्ने पनि गरिन्छ । तर यो अभ्यास बिल्कुल गलत हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको भनाई छ । चिकित्सकका अनुसार जलन हुने बित्तिकै पोलेको वा प्रभावित भएको अंगमा बगेको पानी निरन्तर आधा घण्टासम्म खन्याइराखेमा पोलेको ठाउंँमा पीडा कम हुने र जलन गम्भिर हुनबाट पनि बच्न सकिन्छ । निरन्तर पोलेको ठाउंँमा पानी हालिराखेमा पोलेको ठाउंँको तापक्रम र बाहिरको तापक्रम सन्तुलन हुन गई गम्भिर असर बाट बच्न सकिन्छ ।
त्यसपछि मात्र नजिकको अस्पतालमा बिरामी लैजानु पर्दछ । जलन के हो? यसको बारेमा सचेतना किन कम छ ? बिशेषगरी यसको सही उपचार सबै अस्पतालमा किन हुंँदैन ? र जलनको उपचारलाई सरकारले पनि किन प्राथमिकतामा राखेको पाईंँदैन ? लगायत नेपालमा जलनको अवस्था र बच्ने उपाय लगायतका बिषयमा किर्तीपुर अस्पताल तथा फेक्ट नेपालका चिफ फिल्ड कोर्डिनेटर कैलाश खागी श्रेष्ठ संँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
