• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

अपाङ्गता भएकालाई सहायक सामग्री अभाव

  •  सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री अभाव देखिएको छ । सहायक सामग्री अभावमा अपाङ्गता भएका व्यक्तिहरुलाई हिँड्डुल गर्न समस्या भएको छ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासङ्घको समन्वयमा आइतबार आयोजजित स्थानीय तह, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र नागरिक समाजका प्रतिनिधिहरुलाई अपाङ्गता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सहायक सामग्री अभाव हँुदा कष्ट सहनुपरेको गुनासो गरे ।

अपाङ्ग एकता समाज नेपालका अध्यक्ष हरिदत्त भट्टले नौ वर्षअघि दातृ निकायले उपलब्ध गराएका ह्विलचेयर, ट्राइसाइकललगायत सहायक सामग्री बिग्रिएर कामै नलाग्ने भएको गुनासो गर्नुभयो । “दातृ निकायले प्रदान गरेका ती सहायक सामग्री बिग्रिँदा मर्मत हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “पाटपूर्जा पाइँदैनन्, त्यसपछि कुनै निकायबाट सहायक सामग्री उपलब्ध हुन सकेको छैन ।” नगरपालिकाले केही अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गराए पनि टिकाउ नभएको उहाँको भनाइ छ ।

स्थानीय तहमा सर्वदलीय संयन्त्र हुँदा अपाङ्गता भएका व्यक्तिहरुका लागि केही बजेट विनियोजन हुने गरेको स्मरण गर्दै जनप्रतिनिधि आएपछि बजेट विनियोजन रोकिएको बताउनुभयो । “स्थानीय तहले समानुपातिक तरिकाले बजेट विनियोजन गर्नु पर्दथ्यो, त्यो हुन सकेको छैन”, उहाँले भन्नुभयो, “हामीमाथि विभेद छ ।”

स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरुका लागि गठन हुने समितिको कार्यदलमा सदस्य भए पनि पटकपटक अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि तीन÷तीन पटक प्रस्ताव लगेर दर्ता गर्दा सुनवाइ हुन नसकेको उहाँको भनाइ छ ।

उनीहरुलाई आवश्यकता आधारमा सेतो छडी, वैशाखी, लठ्ठी, कम्मरमा बाँध्ने पेटी, क्यालिफर, कुहिनो मुनीको हात, घुडा मुनीको कृत्रिम खुट्टा, ह्विल चियर, ट्राइसाइकल, विशेष जुत्तालगायत सामग्रीको व्यवस्था गरिदिन उहाँले आग्रह गर्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा वकालत गर्दै आउनुभएका कालीप्रसाद चौधरीले मापदण्ड अनुरुपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।

अपाङ्गता भएका छात्रछात्रालाई विशेष छात्रवृत्तिको व्यवस्थासँगै सार्वजनिक यातायातका साधनमा छुटको व्यवस्था गरिनुपर्ने भए पनि त्यो हालसम्म कार्यान्वयन नभएको चौधरीले बताउनुभयो । नगर उपप्रमुख कल्पनाकुमारी जोशी पन्तले नगरपालिकाको नयाँ बन्ने भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउन लागिएको जानकारी दिनुभयो ।

“जनप्रतिनिधि भएर आएपछि बजेट भ्याएसम्म र आफ्नै प्रयासमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिदै आएको छ”, उहाँले भन्नुभयो, “सबैलाई पु¥याउन सकेका छैनौँ, क्रमशः मागका आधारमा वितरण गर्छौँ ।”

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले अपाङ्गता भएका व्यक्तिसहित अन्य लक्षित वर्गका लागि सीपमूलक, नेतृत्व विकास, क्षमता विकाससम्बन्धी कार्यक्रम आयोजना हुँदै आएको उल्लेख गर्नुभयो ।

वडा नं १ का वडाध्यक्ष उत्तरदेव भट्टले समावेशिताको सिद्धान्तलाई अङ्गिकार गरी अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार स्थापित गरिनुपर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ पूर्णरुपमा कार्यान्वयन नहँुदा अपाङ्गता भएका व्यक्तिहरु हकअधिकार पाउनबाट वञ्चित हँुदै आएको सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यज्ञराज पाण्डेयले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकाको कूल जनसङ्ख्या ५३ हजार नौ सय ६९ मध्ये अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या एक हजार पाँच सय ११ रहेको छ । रासस

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.