माडी । माडी–६ हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको आयोजना तथा पुष्पाञ्जली अस्पताल भरतपुरको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सञ्चालित विशेषज्ञ सहितको वृहत निःशुल्क स्वास्थ्य ४९५महिला सहित कुल ७६२ जनाले स्वास्थ्य सेवा लिएका छन । शिविरमा विशेषज्ञहरू डा. भोजराज अधिकारी, डा. रामप्रसाद सापकोटा, डा. सुनिल कुमार पण्डित, डा.राशी पौडेल,डा.विपिन क्षेत्री र डा. विवेक घिमिरेले स्वास्थ्य चेकजाँच गरेका थिए । शिविरमा भिडियो एक्सरे, ई.सि.जी., पि.एफ.टि. सुगरको लेभल टेस्ट सहितको सेवा प्रदान गरिएको थियोे ।
शिविरमा मधुमेह, उच्च रक्तचाप, थाईराईड, पेट, छाती, मुटु रोग सम्बन्धि समस्याको जाँच, स्त्रीरोग, प्रसुती प्रजनन तथा निसन्तान सम्बन्धि समस्याको जाँच, दाँत, मुख, गिँजा सम्बन्धी रोगहरुको जाँच लगायतका सेवाहरू प्रदान गरिएको कार्यक्रम प्रमुख केदार सुबेदीले जानकारी दिए । शिविरमा विश्वास फार्मेसी माडीले औषधि सहयोग गरेको थियो ।
