चितवन । भरतपुरको पुष्पाञ्जली हस्पिटल र दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगर माडी बीच सहुलियत सम्झौता भएको छ । हस्पिटल र शिक्षालय बीच उपचारमा २५ प्रतिशत छुट हुने सम्झौता भएको हो । सम्झौता पत्रमा शिक्षक,कर्मचारी, सल्लाहकार विद्यार्थी र उनीहरुको परिवारलाई उपचारमा छुट हुने उल्लेख छ ।
सम्झौता कार्यक्रममा वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी, अध्यक्ष चेतनाथ वाग्ले प्रबन्ध निर्देशक सुजनराज अधिकारी र सामाजिक सेवा इकाई प्रमुख श्री केदार प्रसाद सुबेदीको र दिवाकर स्मृति बहु–प्राबिधिक शिक्षालय हरिनगर माडीका प्रिन्सिपल राजन नेपाली प्रशाशन प्रमुख हिमकान्त भुषाल सहभागी हुनुहुन्थ्यो । दुवै संस्थाले आफ्ना स्वास्थ्य सम्बन्धि कार्यक्रममा सघाउने जानकारी सामाजिक सेवा बिभागले दिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
