चितवन । पुष्पान्जली हस्पिटल प्रा.लि.र धार्मिक संस्थाबीच छुट सम्झौता भएको छ । चितवन संग विभिन्न धार्मिक सामुदायिक संस्था आबद्ध हुने क्रममा आइतवार मकवानपुरका ९ ओटा इसाई मण्डली संग उपचारमा २५ प्रतिशत सम्म छुट सम्झौता भएको हो ।
सम्झौतामा आशा मण्डली रमौली मनहरी ७ मकवानपुर पास्टर श्री गोबिन्द प्रजा , बिजौना मण्डली मनहरी ७ मकवानपुर संरक्षक श्री आमस प्रजा, आशिस चर्च, ल्लाच्यो चर्च, कुनाले चर्च र झ्यान्झरे चर्च रासीरांग ८ पास्टर बुद्धिलाल प्रजा , चामन्ति शान्ति चर्च राक्शिरांग, ग्याड.र्यांग चर्च, राक्शिरांग र तम्का चर्च राक्शिराँग ८ मकवानपुरका पास्टर तुल बहादुर मोक्तानले हस्ताक्षर गर्नु भएको थियो ।
सामाजिक सेवा इकाई प्रमुख केदार प्रसाद सुबेदी र प्रबन्ध निर्देशक सुजन राज अधिकारीको हस्ताक्षरित कार्यक्रममा अस्पतालले सबै जाती धर्म पेशा र समुदाय संग पुष्पाञ्जली हस्पिटल पुग्ने र भाइचारा सम्बन्ध स्थापना गर्दै अस्पतालमा आएका बिरामीलाई गुणस्तरिय सेवा दिंँदै आएको बरिस्ठ फिजिसियन डा भोजराज अधिकारीले बताउनु भयो ।
