• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

  •  मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

चितवन । चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएपछि बिरामीले सास्ती व्यहोर्नु परेको हो ।

जिल्लाका सरकारी, निजी र सामुदायिक सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द छन् । जिल्लाभरका चिकित्सक स्वास्थ्यकर्मी भरतपुर अस्पतालमा जम्मा भएर प्रदर्शन गर्न थालेपछि यहाँ आएका बिरामी उपचार नपाएर फर्किन बाध्य छन् ।

अत्यावश्यक बिरामीलाई भने आकस्मिक कक्षबाट सेवा दिइएको छ । तत्काल गर्नुपर्ने शल्यक्रिया नरोकिएको भए पनि नियमित हुने शल्यक्रिया र बहिरङ्ग सेवामा हुने परीक्षण भने रोकिएको छ । यहाँ चितवनसहित २५ भन्दा बढी जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् । क्यान्सर उपचारका लागि भने देशैभरि र भारतबाट समेत बिरामी आउने गरेका छन् ।

चिकित्सकको आन्दोलनले यसरी उपचारका लागि आएका बिरामी प्रभावित भएका हुन् । तनहुँको रिसिङ् गाउँपालिकाबाट ससुरालाई उपचार गराउन भरतपुर अस्पताल आउनुभएकी सरिता दराईले उपचार गराउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “छालासम्बन्धी उपचारका लागि यहाँ आएका थियौँ । सोमबारदेखि चिकित्सकको पर्खाइमा छौँ । अस्पताल आएपछि थाहा भयो, यहाँ आकस्मिकबाहेक अन्य सेवा बन्द रहेछन् । उपचार नभएपछि खर्च र समयको बर्बाद मात्रै भयो”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिका–१२ का ६० वर्षीय दिलबहादुर कुँवर खड्का परीक्षणपछि आएका रिपोट लिएर भरतपुर अस्पतालमा भौतारिँदै हुनुहुन्थ्यो । “उपचारका लागि समय मिलाएर आए पनि अस्पताल बन्द हुँदा समस्या भयो”, उहाँले सुनाउनुभयो,“उपचारका लागि कार्यालयमा बिदा लिएर आएको थिए, यहाँ समस्यामा परियो ।”

सर्लाहीबाट श्रीमतीको उपचारका लागि आउनुभएका गोपी मुखियाको पनि समस्या उस्तै छ । विभिन्न किसिमका परीक्षण सकेर रिपोट देखाउने तयारी गरेको समयमा अस्पतालमा आन्दोलन हुँदा कहाँ बस्ने कहाँ खाने भन्ने समस्यामा परेको उहाँले बताउनुभयो । यहाँ आएको १० दिन भए पनि उपचार नपाएको मुखियाको गुनासो छ ।

उहाँहरूजस्तै पर्साको ठोरी गाउँपालिकाबाट छोरीको उपचारका लागि आउनुभएकी धनमायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका–५ बाट आउनुभएका दण्डपाणी सापकोटालगायत धेरै बिरामीले यस्तै समस्या भोग्नु परिरहेको छ ।

भरतपुर अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल, बकुलहर रत्ननगर अस्पतालसहित निजी अस्पतालमा आउने बिरामीको समस्या पनि यस्तै छ । जिल्लाभन्दा बाहिरबाट आएका बिरामीले धेरै समस्या भोग्नु परेको छ ।

नेपाल चिकित्सक सङ्घ चितवन शाखाका वरिष्ठ उपाध्यक्ष डा दिपेन्द्र न्यौपाने उपभोक्ता अदालतले चिकित्सकलाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताउनुभयो । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ थियो । डा न्यौपाने भन्नुहुन्छ,“चिकित्सक मरेर अरुलाई कसरी बचाउन सक्नु !”

सङ्घका जिल्ला अध्यक्ष डा उमेश नेपालले सरकारले समयमा माग सम्बोधन नगर्दा आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो हाम्रो बाध्यता हो, रहर होइन ।”

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले यथासक्य छिटो चिकित्सकका माग सम्बोधन गरेर नियमित सेवा गर्नुपर्ने बताउनुभयो । आकस्मिक कक्षमा बिरामीको चाप बढेको भन्दै उहाँले चितवन र छिमेकी जिल्लाबाट आएका बिरामीलाई आन्दोलनका कारण प्रभाव परेको स्वीकार्नु भयो ।

कारागारमा मौसमी रुघा र ज्वरोको समस्या

कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा रहेका २२ जनामा यस्तो समस्या देखिएपछि उपचार सुरु गरिएको हो ।

कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार गरिएको हो । मौसममा आएको परिवर्तनसँगै वर्षातका कारण समस्या देखिएको उहाँले बताउनुभयो । “मनसुनमा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको छ । महामारी आउनसक्ने बिरामी, क्षयरोगलगायतलाई छुट्टै राखेर उपचार गर्ने गरिएको छ”, ढुङ्गानाले भन्नुभयो ।

यहाँ हाल ७१६ जना कैदीबन्दी र चारजना आश्रित बालबालिका रहेका छन् । कारागारमा ३५ जना महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ जना महिला र ६८२ जना पुरुष कैदीबन्दी रहेका छन् । रासस

मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.