• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

  •  बिहिबार, असार २६, २०८२ मा प्रकाशित

कञ्चनपुर । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि कञ्चनपुरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी पालिकाहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले डेंगु नियन्त्रणको सुरुवात घरआँगन सफा राख्ने र पानी जम्ने ठाउँ हटाउने कार्य शुरु गरिएकोे बताउनु भयो ।

उहाँका अनुसार डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्ने कार्य बारे समाजका अगुवाहरुलाई भेला गरेर जानकारी दिने कार्य भैरहेको छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न ठाउँमा गएर लामखुट्टे लार्भा पहिचान गर्ने तरिका सिकाउने, पानी जम्मा हुने ठाउँहरूमा सर्भे गरी सचेतना फैलाउने लगायतका कार्यक्रम भैरहेको उहाँको भनाई रहेको छ ।

पानी राख्ने भाँडाहरू ढाकेर राख्ने, बिहान र दिउँसो लामखुट्टे बढी सक्रिय हुने समय भएकाले त्यो बेला लामो बाहुला भएका कपडा लगाउने,शरीर खुला नराख्ने, लामखुट्टे भगाउने क्रिमको प्रयोग गर्ने,घरभित्र र वरिपरि सफा राख्ने,झ्याल, ढोकामा जाली लगाउने,सुत्ने बेला झुलको प्रयोग गर्नु पर्दछ भन्ने कुरा कार्यक्रमका माध्यबाट सचेत पार्ने कार्य भैरहेको उहाँले उल्लेख गर्नु भयो ।
“टुक्रा–टुक्रा प्लास्टिक, टिनका डब्बा, भाँचिएका भाँडाहरू खुला ठाउँमा नराख्ने,डेंगुका लक्षण (ज्वरो, टाउको दुख्ने, हड्डी दुख्ने, आदि) भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु पर्दछ” उहाँले भन्नुभयो । पालिकाहरु संग समन्वय गरी डेंगु विरुद्धको सचेतनामूलक कार्यक्रम भैरहेको उहाँले बताउनु भयो ।

उहाँले डेंगु रोग, यसको लक्षण, लामखुट्टेको जीवनचक्र र नियन्त्रणका उपायबारे जानकारी दिनु हुदै डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले सार्ने रोग रहेको बताउनु भयो ।
“डेंगु सार्ने लामखुट्टेले प्रायः बिहान र दिउँसो टोक्ने गर्छ” उहाँले भन्नुभयो, “यसको जीवनचक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क चरण पर्दछ, लार्भा पानीमा विकसित हुने भएकाले पानी जम्ने भाँडाकुडा यसको मुख्य स्रोतका रुपमा रहेका छन ।”

पानी जम्ने भाँडाकुडाको पानी फाल्ने कार्य गर्नु पर्ने उहाँले उल्लेख गर्नु भयो । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुखाइ हुने आँखाको पछाडि दुखाइ हुने, मांसपेशी र हड्डी दुख्ने, आदी हुने गरेको उल्लेख गर्नु हुदै उहाँले डेंगु रोगको कुनै विशेष औषधि नभएकोले पूर्व सतर्क रहि रोगको संक्रमण गराउने लामखुट्टेको टोकाईबाट बच्नु मुख्य उपाय रहेको बताउनु भयो ।
“शुक्लाफाँटा नगरपालिकामा कार्यक्रम सम्पन्न गरि सकेका छौं” उहाँले भन्नुभयो, “कृष्णपुर नगरपालिकाका दुई ठाउमा कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको छ, अन्य डेंगुको जोखिम देखिएका ठाउमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने योजना छ । डेंगु रोग नियन्त्रणको लागि व्यक्तिगत सरसफाइ, सामुदायिक सचेतना र सरकारी निकायबीचको सहकार्य अत्यन्तै जरुरी रहेको छ” पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “यस सचेतनामूलक कार्यक्रमले डेंगु नियन्त्रणमा उल्लेखनीय सहयोग पुग्ने विश्वास लिएका छौ ।”
कञ्चनपुरमा चालु आबको साउन महिनादेखि हाल सम्म २९ जना व्यक्तिमा डेंगुको संक्रमण देखा परेको छ । वर्षाको समयमा अझै डेंगुको संक्रमण बढन सक्ने भएकाले सचेत हुनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । रासस

बिहिबार, असार २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.