• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

एक सय ३३ कुष्ठरोगीको सहारा बनेको आश्रम

  •  शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ ।

सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गनुभएको थियो । हाल यो स्थान नेपाल कुष्ठरोग निवारण सङ्घको मातहतमा रहेको खोकना कुष्ठरोग आरोग्य आश्रमको रूपमा परिचित छ ।

ललितपुरको खोकना र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलमुनिबाट बग्ने वाग्मती नदीको किनारमा रहेको यस आश्रममा हाल १३३ जना कुष्ठरोग प्रमाणित व्यक्ति बस्दै आएका छन् । आश्रममा नेपाल कुष्ठरोग निवारण सङ्घको नाममा २८ रोपनी र थप ३० रोपनी सरकारी जमिन गरी करिब ५८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खोकना कुष्ठरोग आरोग्य आश्रमकी प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार आश्रममा हाल बस्दै आएका १३३ जनाभन्दा बढी बिरामीलाई राख्न सकिने ठाउँ छैन । नयाँ व्यक्तिहरू भर्ना हुनका लागि आउने गरे पनि कोटा र कोठाको अभावले गर्दा धेरैलाई फर्काउनुपरेको छ । कुनै बिरामीको निधन भएपछि वा उनीहरूले कोठा छोडेपछि मात्र नयाँ व्यक्तिलाई भर्ना गरिन्छ ।

आश्रममा हाल २१ देखि ९६ वर्ष उमेर समूहका कुष्ठरोग प्रमाणित व्यक्ति छन् । तर, बाबुआमा निधन भएपछि उनका सन्तानले त्यहीँ बस्न नपाउने व्यवस्थाले समस्याको घेरो अझै बढाएको छ । प्रमुख श्रेष्ठ भन्छनुहुन्छ, “बाबाआमा नभएपछि आश्रममा बस्न नपाउने सन्तानको दयनीय अवस्था हुन्छ । उनीहरू कतै जान नपाउने भएर विचल्लीमा पर्छन् ।”

विसं २०५२ अघि विभिन्न दातृ निकायबाट पुनर्वासको व्यवस्था हुने गरेको भए पनि त्यसपछिको समयमा यस्तो पहल नहुनु गम्भीर समस्या बनेको छ । ‘आल्टा नेपाल’ नामक संस्थाले ६० परिवारको पुनर्वास गरे पनि हालसम्म सो पहल स्थगित भएको छ ।

भवन संरचना र सुविधाको अवस्था

हाल आश्रममा रहेका अधिकांश भवन दातृ निकायको सहयोगमा निर्माण गरिएका हुन् । राणाकालमा बनेको ऐतिहासिक कुष्ठरोगखाना २०७२ को भूकम्पले क्षति पुगेपछि भत्काइएको थियो । अहिले करिब ५० वर्ष पुराना संरचनामात्र बाँकी छन् । सीमित जनशक्ति र संरचनाको अभावले बिरामीले पर्याप्त सुविधा पाउन सकेका छैनन् ।

सन् १८५० मा जङ्गबहादुर राणा फ्रान्स र लन्डन भ्रमणमा जाँदा त्यहाँको नागरिक स्वास्थ्य र संस्थाको अध्ययन गरेका थिए । सो अध्ययनले उनलाई नेपालमा कुष्ठरोगको भयावह अवस्थाको समाधान गर्न उत्प्रेरित गरेको जानकारहरू बताउँछन् ।

उक्त बेलामा काठमाडौँ उपत्यकाका विभिन्न पाटी, मन्दिर र सार्वजनिकस्थलमा बस्ने कुष्ठरोगीलाई खोकनास्थित कुष्ठरोगखानामा ल्याइएको थियो ।
समाजबाट टाढाको समुदाय

कुष्ठरोगका कारण समाजबाट अपहेलित भएकाहरूले आपसमा मिलेर छुट्टै समुदाय निर्माण गरेका थिए । कसैको औँला नभएको, कसैको खुट्टा नभएको अवस्थामा उनीहरू एकअर्कालाई देखेर चित्त बुझाउँथे । सयौँ कुष्ठरोगी एउटै ठाउँमा बस्ने, एकअर्काको मृत्युमा मिलेर अन्त्येष्टि गर्ने परम्परा स्थापित भएको थियो ।
विसं २०५९ मा कुष्ठरोग खानाको नाम परिवर्तन गरी खोकना कुष्ठरोग आरोग्य आश्रम राखिएको हो । तेह्र वर्षको उमेरदेखि आश्रममा बस्दै आएका ७० वर्षीय काजीमान तामाङका अनुसार सुरुमा महिलालाई ललितपुरतर्फ र पुरुषलाई दक्षिणकाली नगरपालिकातर्फको खोला किनारमा राखिन्थ्यो ।

उपचार र सेवा सुविधा

आश्रममा बस्ने बिरामीका लागि प्राथमिक उपचार सेवा उपलब्ध छ । हप्तामा दुईपटक निःशुल्क उपचार हुन्छ । जटिल अवस्थामा रहेका बिरामीलाई स्वास्थ्य बिमाअनुसार पाटन अस्पतालमा र कुष्ठरोगको विशेष उपचारका लागि गोदावरी नगरपालिकास्थित टीकाभैरवको आनन्दवन अस्पतालमा लगिन्छ, जहाँ निःशुल्क उपचार सेवा प्रदान गरिन्छ ।

सन्ताउन्न वर्षदेखि आश्रममा बस्दै आउनुभएका काजीमान तामाङ भन्नुहुन्छ, “पहिले साँघुरो कोठामा चार जना बस्नुपथ्र्यो । अहिले केही सुविधा छ । तेह्र वर्षमा आश्रम आएँ, अहिले ७० वर्ष पुगेँ । जीवनको अधिकांश समय यहीँ बितेको छ ।” खोकना कुष्ठरोग आरोग्य आश्रमले नेपालमा कुष्ठरोगीको व्यवस्थापन र पुनःस्थापनामा सघाएको उहाँ बताउनुहुन्छ । रासस

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.