चितवन । पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर र मन्जुश्री फाइनान्स लिमिटेड,चितवनबीच स्वास्थ्य सेवा सौलियत सम्बन्धी सम्झौता गरिएको छ।
सम्झौता कार्यक्रममा अस्पतालका तर्फबाट वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीसहित अस्पतालका पदाधिकारी र फाइनान्सको तर्फबाट नारायणगढ शाखा प्रमुख किरण सापकोटा,अप्रेशन इन्चार्ज दिनेश ढकालसहित शर्मिला सापकोटाको उपस्थिति रहेको थियो।
पुष्पाञ्जली अस्पतालमा फाइनान्सका सदस्यहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवामा पच्चीस प्रतिशतसम्म छुट पाउने अस्पतालका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो। सेवाग्राहीले छुट सेवा लिन आउँदा संस्थाको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएकोबारे अस्पतालका सामाजिक एकाई प्रमुख केदार प्रसाद सुवेदीले जानकारी दिनुभयो।
सम्झौतामा उल्लेख गरिए अनुसार हस्पिटलबाट प्रवाह हुने सेवाहरू जस्तै:बेड चार्ज,ल्याब टेस्ट,ईसिजी,इको,भिडियो एक्सरे, एक्सरेलगायतका सेवामा पच्चीस प्रतिशत छुट साथै अप्रेशन, सिटीस्क्यान र क्याबिन बेडमा भने दशप्रतिशत छुट पाउनेछन् , त्यस्तैगरी औषधीमा सात प्रतिशत छुट प्रदान दिइनेछ।
कार्यक्रम बोल्दै मन्जुश्री फाइनान्सका शाखा प्रमुख किरण सापकोटाले पुष्पाञ्जली अस्पताल,भरतपुरसंग फाइनान्सले स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो। त्यस्तैगरी अस्पताल वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले फाइनान्सका स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रममा समेत सहकार्य गर्दै जाने बताउनु भयो।
